हेटौंडा/कहिल्यै सरकारी कर्मचारी जान नमान्ने र ‘विकट गाउँ’ भनेर चिनिने मकवानपुरका ग्रामीण बस्तीहरु पछिल्ला केही वर्षयता क्रमशः सुगम बन्दै गएका छन् । पछिल्लो समय स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा ती सडक स्तरोन्नति र स्ल्याब ढलान गर्न सकिएको हो ।
तीन तहका सरकारले विशेषतः स्थानीय तहको सक्रिय लगानीले बस्तीबस्तीमा पक्की सडक र पुल निर्माण भएपछि दुर्गम मानिएका क्षेत्रमा हाल स्वास्थ्य सेवा र कृषिजन्य उत्पादनको बजारीकरण सहज भएको छ । संघीयता सुरु हुनुअघिसम्म सडकसञ्जालको नाममात्र रहेको र वर्षायाममा महिनौं यातायात बन्द हुने यी बस्तीहरुमा हाल वर्षैभरि सवारीसाधन चल्ने सडकको पहु“च पुगेको मकवानपुरगढी गाउ“पालिका वडा नम्बर–५ का श्याम रुम्बा बताउ“छन् । ॅपहिला बिरामी परे बोकेर घण्टा हि“ड्नुपर्थ्यो, हाल गाउ“बाटै एम्बुलेन्स चल्ने भएको छ,’ उनले भने ।
पा“च वर्षयता मकवानपुरका १० स्थानीय तहमा दर्जनांै सडक पक्की बनेका छन् र खोलामा पुल निर्माण गरिएको छ । गाउ“ जोड्ने सडक कालोपत्र र ढलान भएको स्थानीय बताउ“छन् । प्रदेश र संघीय निकायको समन्वयमा स्थानीय तहहरुले प्राथमिकताका आधारमा बस्ती छिर्ने सडक, कल्भर्ट र साना पुल निर्माण गर्दा ग्रामीण क्षेत्रमा ठूलो सहजता आएको हेटौंडा–१९ का मोहन लामा बताउ“छन् । बिकट गाउ“बस्तीमा सडक निर्माण भएपछि मकवानपुरको राक्सिराङ, कैलाश, बागमती, मनहरी, इन्द्रसरोवर, थाहा नगरपालिका, मकवानपुरगढी गाउ“पालिका, बकैया गाउ“पालिका, भीमफेदी गाउ“पालिकाका कृषकको तरकारी तथा दूध सीधै हेटौंडा बजार आउन थालेको छ ।
इन्द्रसरोवर–३ का कृषक सोमबहादुर गोले भन्छन्–अगाडि तरकारी र फलफूल बोकेर पैदल हि“ड्थ्यौं, हाल घरमै ट्रक आउ“छ, बारिबाटै बेच्न पाएका छौं । जिल्लाको सबैजसो स्थानीय तहका वडामा हाल सडकस“गै बिजुली, खानेपानी र स्वास्थ्य चौकीको पहु“च पुगेको स्थानीय तहहरुले बताएका छन् । स्थानीय जनप्रतिनिधिहरुका अनुसार सुरुवाती चरणमा सडकको खोल्ने काममात्र भएकाले वर्षायाममा ठप्प हुने समस्या थियो ।









