हेटौंडा/नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटी, जनसंगठन समन्वय संयन्त्रको आयोजनामा ॅहाम्रो बुझाइ र जिज्ञासा’ शीर्षकको एक दिवसीय कार्यक्रम भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय भवनमा आयोजित कार्यक्रममा विभिन्न जनसंगठनका प्रतिनिधिले पार्र्र्टी नेतृत्वस“ग प्रत्यक्ष संवाद गर्दै आआफ्ना जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटी, जनसंगठन समन्वय संयन्त्र प्रमुख सुशीला मल्लको सभाध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर इञ्चार्ज राना, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा हेटौंडा उपमहानगरपालिका इञ्चार्ज सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला पार्टी कमिटी मकवानपुर सचिव सीता बिष्ट, नेकपा एमाले हेटौंडा उपमहानगर कमिटी अध्यक्ष बोलबहादुर कार्र्की वक्ता थिए ।
सहभागी जनसंगठनहरुले भीमफेदीमा सामाजिक सुरक्षाकोष सुरु भए पनि हेटौंडामा कार्यान्वयन नहुनुको कारण, पदाधिकारीका लागि नेतृत्व विकास तालिम, पार्र्टी सरकारमा हु“दा बहुविवाह कानुन आए जनतामा कस्तो सन्देश जाने, संगठनलाई जातीय मुद्धा बोकेको आरोप कसरी लिने, सामाजिकसञ्जालमा फैलिने भ्रामक प्रचार रोक्न दीर्घकालीन र परिणाममुखी अभियान कसरी सञ्चालन गर्ने, अपांगता भएका व्यक्तिको क्षमता विकासका लागि दीर्घकालीन योजना, मिसन–८४ सफल पार्न जनसंगठनले के भूमिका खेल्नसक्छ, मुस्लिम समुदाय र पार्र्टीबीच सम्बन्ध, स्वास्थ्यकर्मीले पार्र्टीमा कसरी सक्रिय भूमिका खेल्ने, पिछडिएका र पछाडि पारिएका वर्गको उत्थानका लागि पार्र्टीका योजना, आशलाग्दो युवाको राजनीतिक भविष्य कस्तो हुने, पार्र्टी र जनवर्गीय संगठनबीच सम्बन्ध र पार्र्टीभित्र कमजोरी र नेतामाथि लागेका भ्रष्टाचारआरोप कसरी व्यवस्थापन हुने जस्ता सवाल उठाएका थिए ।
एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर इञ्चार्ज रानाले सहभागीहरुको जिज्ञासामा जवाफ दि“दै भीमफेदीमा सामाजिक सुरक्षा कोष सुरु भइसकेको भए पनि हेटौंडामा नेतृत्व कमीका कारण ढिलाइ भएको उल्लेख गर्दै चा“डै कार्यक्रम सुरु हुने आश्वासन दिए । उनले भूमि आयोगका पदाधिकारीहरुलाई नेतृत्व विकास तालिम दिनुपर्ने र १९ वडामा गएर समस्या संकलन गरी सुधारमा जुट्नुपर्ने आवश्यकता औंल्याउ“दै भने–आवासको ग्यारेन्टी गर्ने नीति छ ।
जातीय सवालमा उनले कम्युनिष्ट पार्र्टी सबैलाई एउटै सूत्रमा बा“ध्ने पार्टी भएको प्रष्ट पार्दै भौगोलिक विविधताजस्तै जातीय विविधतालाई पनि सुमधुर सम्बन्धमा जोड्ने नीति एमालेको रहेको बताए । सामाजिकसञ्जालमार्फत् फैलने भ्रामक प्रचारका सवालमा उनले हाल घृणाको स“स्कृति बढेको, कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर गालीगलौज गर्ने र जातीय–धार्मिक भड्काउ गर्ने सामग्री बनाइने समस्या रहेको उल्लेख गर्दै सकारात्मक भिडियो उत्पादन गरेर समाज रुपान्तरणतर्फ लाग्न आग्रह गरे । उनले युवालाई प्रोत्साहन दिने, नेतृत्व विकास र सहभागिता सुनिश्चित गर्ने कुरामा एमाले प्रतिबद्ध रहेको स्पष्ट पारे । नेपालमा सत्ता कब्जा गर्ने आरोपको खण्डन गर्दै एमालेमात्र सार्वजनिकरुपमा जनतामाझ जाने र जवाफदेही बन्ने पार्टी भएको दाबी गरे ।
प्रदेश सदस्य काफ्लेले मुस्लिम समुदायस“ग पार्टीको सम्बन्धबारे कुरा गर्दै मुस्लिम समुदायको चासो कम भएको विषयलाई सम्बोधन गर्नुपर्ने औंल्याइन् । उनले समुदायका मुद्धाहरुलाई पार्टीसम्म पुर्याउनुपर्ने र ॅचंगा र लट्टाईंको जस्तो सम्बन्ध’ कायम गर्नुपर्ने उदाहरण प्रस्तुत गरिन् । स्वास्थ्यकर्मीले उठाएको प्रश्नमा उनले एमाले स्वास्थ्यकर्मीहरुको हकहितप्रति संवेदनशील रहेको स्पष्ट पार्दै मानवसेवाभाव बोकेर दीनदुःखीको सेवा गर्न आग्रह गरिन् । पार्टी र जनवर्गीय संगठनलाई असल र सभ्य बनाउन के गर्नुपर्ने भन्ने प्रश्नमा पनि उनले पुनः चंगा र लट्टाईंको सम्बन्धजस्तै एकर्कामा सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राखिन् ।
एमाले जिल्ला कमिटी मकवानपुर सचिव बिष्टले बहुविवाहसम्बन्धि प्रस्तावित कानुन गलत भएकाले पास नहुने ढुक्कता दिलाइन् । उनले महिलाको हकहितका लागि एमालेले निरन्तर काम गरिरहेको उल्लेख गर्दै २०६३ सालपछि महिलालाई ३३ प्रतिशत् अधिकार सुनिश्चित गरेको र हाल ५० प्रतिशत् अधिकारप्राप्तिका लागि आन्दोलनरत् रहेको जानकारी दिइन् ।
पिछडिएका र पछाडि पारिएका वर्गहरुको उत्थानका सवालमा उनले एमालेले स्थापनाकालदेखि किसानका माग सम्बोधन गर्दै आएको स्मरण गराउ“दै समावेशी नीति अवलम्बन गरेर आरक्षणका सिट सुनिश्चित गरेको र अधिकार ग्यारेन्टी गर्न आयोग स्थापना गरेको स्पष्ट पारिन् । पार्टी र जनवर्गीय संगठनबीच सम्बन्धबारे प्रश्नमा उनले जनवर्गीय संगठन र पार्टीबीच सम्बन्धलाई ॅनङ र मासुको सम्बन्ध’ जस्तै अविभाज्य र बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउ“दै संगठनहरुले विचारलाई जनतासम्म पुर्याउने, मुद्धा उठाउने र अभियान सञ्चालन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।
नगर कमिटी अध्यक्ष कार्कीले अपांगता भएका व्यक्तिहरुको प्रश्नमा एमालेले अपांगता संघको हकहितमा साथ दिने र समावेशीताका लागि कोटा छुट्याएको प्रष्ट पारे । उनले सामाजिक दृष्टिकोण हटाउन आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । मिसन–८४ को सवालमा उनले उक्त कार्यक्रमले रणनीतिक योजना बनाउन टेवा पुर्याउने र भूमिकालाई वृद्धि गर्ने अवसर दिने बताए । युवाको राजनीतिक भविष्यबारे प्रश्नमा उनले एमाले युवामैत्री अभियान सञ्चालन गर्ने, युवालाई प्रोत्साहन र सहभागिता सुनिश्चित गर्ने तथा नेतृत्व विकासमा जोड दिने पार्टी भएको उल्लेख गरे । पार्टीमा कमजोरी रहेको स्वीकार गर्दै उनले संरचना निर्माणमा सुधार आवश्यक रहेको बताए ।
उनले नेतामाथि भ्रष्टाचार आरोप लागे पनि प्रमाणित नभएको भन्दै एमाले नेतृत्व जनताको हितका लागि काम गर्नेमा केन्द्रित रहेको स्पष्ट पारे । गुटबन्दी र अस्थिरताको प्रश्नमा उनले सीमित बहस भए पनि आधिकारिक निर्णयमा पार्टी एकढिक्का रहेको बताए । सभाध्यक्ष मल्लले जनसंगठन समन्वय संयन्त्रको पहिलो ठूलो कार्यक्रम सफल भएको बताउ“दै आगामी दिनमा थप व्यापक कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिइन् । उनले सहभागी सबै जनसंगठनलाई धन्यबाद दि“दै यस्ता संवादात्मक कार्यक्रमले पार्टी र जनसंगठनबीच सम्बन्ध थप बलियो बनाउने बताइन् ।
्
कार्यक्रममा उत्कृष्ट जिज्ञासासहित आफ्नो विचार राखेका जनसंगठनमध्येबाट पुरस्कार प्रदान गरिएको थियो । जसमा प्रथम मुक्ति समाज नगर कमिटी, द्वितीय अखिल नेपाल किसान महासंघ र तृतीय नेपाल स्वास्थ्यकर्र्मी नगर कमिटी भए । प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन नेकपा एमाले हेटौंडा उपमहानगर जनसंगठन समन्वय संयन्त्र सचिव सुरेश मिजारले गरेका थिए ।









