12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासंगठन निर्माणमा लाग्न मुख्यमन्त्रीको आग्रह
spot_img

संगठन निर्माणमा लाग्न मुख्यमन्त्रीको आग्रह

spot_img
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानिया“ले कांग्रेसभित्र कुनै गुटउपगुट नभएको बताउ“दै गाउ“ र टोलमा विकासनिर्माण गर्दै संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।
कांग्रेस थाहा नगरपालिका र मकवानपुर संघीय क्षेत्र नम्बर–२ (क) को संयुक्त आयोजनामा बागमती प्रदेशका मुख्यमन्त्री बानिया“लाई थाहानगरको पालुङमा आइतबार स्वागत तथा सम्मान गर्ने क्रममा मुख्यमन्त्री बानिया“ले बागमती प्रदेशमा विकासनिर्माण, जनतालाई देखिने गरी सरकारी सेवामा छिटो तथा सहज पहु“च पुर्‍याएर विगतझैं २०८४ सालमा पनि पार्टीलाई पहिलो पार्टी बनाउने बताए ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानिया“ले आफूले जनताको करबाट उठेको पैसाले पाउने सेवासुबिधाबाट आफ्‌नो निर्वाचन क्षेत्रमा रहेका गरिब, विपन्न परिवारलाई दशैंअगावै आवास बनाउने प्रतिबद्धता गर्दै बागमती प्रदेश सरकारले जनताले प्रत्यक्षरुपमा अनुभव र देखिने गरी सेवा दिने कार्य गर्ने बताए ।
गणतन्त्रभित्र सबै विचार र व्यवस्थालाई मिलाएर लैजानुपर्ने भएकाले गफले हैन काम गरेर देखाउनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री बानिया“ले अब जनप्रतिनिधिहरुले पार्टीस“ग समन्वय गरेर आमजनताका समस्या समाधानका साथै स्थानीय आवश्यकता हेरेर विकासनिर्माणमा लाग्नुपर्ने बताए । कांग्रेस थाहानगर सभापति प्रमोद जोशीको सभाध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा कांग्रेस थाहानगर पदाधिकारी, सदस्य तथा क्रियाशीलहरुको उपस्थिति थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि