12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रदेशका पत्रकारको निःशुल्क स्वास्थ्य बिमा
spot_img

प्रदेशका पत्रकारको निःशुल्क स्वास्थ्य बिमा

spot_img
हेटौंडा/बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागु गर्ने भएको छ । भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दि“दै प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी बिमा कार्यक्रम लागु गरिने उल्लेख गरे ।
मन्त्री थापाले भने–पत्रकारहरुको स्वास्थ्यप्रति हामी गम्भीर भएका काम गरिरहेका छौं । त्यसैले प्रदेशका १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बिमाभित्र समेटेर बिमाबापत् प्रिमियम शुल्क प्रदेश सरकारले व्यहोर्ने गरी कार्यक्रम लागु गर्ने भएका हौं । त्यसका लागि बजेटको व्यवस्था गरिसकेका छौं ।
उनले पत्रकार स्वास्थ्य बिमाका लागि मन्त्रालयले २० लाख बजेट चालु आर्थिक वर्षका लागि व्यवस्था गरेको जानकारी दि“दै यसका लागि कार्यविधि तयार भइरहेको बताए । बिमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउ“दै पत्रकारलाई पा“च जनाको परिवार मानेर समूहमा आबद्ध गराएर बिमाको प्रिमियम सरकारले तिर्ने गरी व्यवस्था गर्ने तयारी भएको उनले बताए ।
मन्त्री थापाले पत्रकारको स्वास्थ्य सुरक्षामा बिमाले दीर्घकालीनरुपमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनाका रुपमा ॅमेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियान, ॅएक जिल्ला, एक स्वस्थ्य सहर’ र ॅएक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ कार्यक्रम पनि यसै वर्षदेखि सञ्चालन हुने जानकारी दिए । मन्त्री थापाले १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमात्र नभइ अब दुरदराजका विकट क्षेत्रका नागरिकलाई समेत सहज स्वास्थ्य सेवाको पहु“च पुर्‍याएर आमनागरिकले सरकार गाउ“गाउ“ पुगेको महसुस गर्ने गरी कार्ययोजना अगाडि बढाइएको बताए । स्वास्थ्य सामग्री, औषधि, उपकरण लिएर आफैं गाउँगाउँ पस्ने गरेको भन्दै उनले जनताले परिवर्तनलाई अनुभूति गर्ने गरी सबैले काम गर्नुपर्नेमा जोड दिए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि