12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासमस्याग्रस्त सहकारीको समस्या समाधान गरिने
spot_img

समस्याग्रस्त सहकारीको समस्या समाधान गरिने

spot_img
हेटौंडा/बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले समस्याग्रस्त सहकारीको अध्ययन गरी समस्या समाधानका लागि प्रदेश सरकार लाग्ने बताएकी छन् ।
नेपाली कांग्रेस चितवनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले समस्या ग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली बनाएर काम गर्ने बताइन् । बागमती प्रदेश सरकारले सहकारीको समस्या समाधानका लागि विशेष पहल गर्ने उनले बताइन् । समस्याग्रस्त सहकारीको अध्ययन गरी त्यस्ता सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने गरी काम गरिने उनले बताइन् । उनले भनिन्‌–समस्याग्रस्त सहकारीका बचतकर्ताहरुको बचत फिर्ता गर्ने गरी अध्ययन गरेर काम गर्छौं ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको का“धमा रहेको बताइएको थियो । सभापति खनालले समस्याग्रस्त सहकारीको समस्या औंल्याएर समस्या समाधानका लागि लाग्नुपर्ने बताए । हाल देशभर उक्त समस्या रहेको बताउ“दै उनले समस्या समाधानका लागि बागमती प्रदेशबाट महत्वपूर्ण काम हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । कार्यक्रमअघि नवनियुक्त मन्त्री पौडेलले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा माल्यार्पण गरेकी थिइन् । शनिबार उनलाई भरतपुर–१, देवद्वार देवघाटधाममा रहेको वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमले पनि बधाई तथा सम्मान कार्यक्रम गरी सम्मान गरेको छ ।
परिषद् केन्द्रीय सदस्य एवम् परिषद्बाट सञ्चालित समावेशी गुरुकूलका संयोजकसमेत रहेकी मन्त्री पौडेललाई परिषद् परिवारले सम्मान गरेको हो । आश्रमपरिसर वागीश्वरीमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले आध्यात्मिक परिषद्बाट सञ्चालित, गौशाला गुरुकूल, प्राकृतिक चिकित्सालगायत प्रकल्पहरुले ऐतिहासिक भूमि बागीश्वरीको संरक्षण अभियानमा टेवा पुगेको बताउ“दै यस्ता महत्वपूर्ण क्षेत्रको संरक्षणमा लागिपर्ने बताइन् ।
परिषद् संरक्षक ईमा माता (नागकन्या) ले राष्ट्रगुरु योगी नरहरिनाथले मातृशक्तिलाई सदैंव अगाडि बढाउन लाग्ने विगत सम्झिइन् । उनले नवनियुक्त मन्त्री पौडेलले गुरुदेवको समाज रुपान्तरणको अभियान पछ्याएकोमा खुशी व्यक्त गर्दै समावेशी गुरुकूलले समाजका विभेद चिर्न सहयोग पुग्ने बताइन् । परिषद् अध्यक्ष अशोक पोखरेलले परिषद् केन्द्रीय सदस्य एवम् परिषद्बाट सञ्चालित समावेशी गुरुकूल संयोजक मन्त्रीजस्तो गरिमामय स्थानमा पुग्न सक्नु गौरवको क्षण भएको बताए । उनले मन्त्री पौडेलले राजनीतिस“गै यस्ता भूमिहरु चिनाउने अभियानलाई पनि स“गै डोर्‍याउन सकेको भन्दै खुशी व्यक्त गरे ।
गुरुकूलका प्राचार्य खिमनाथ चालीसेले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनाल, परिषद् संरक्षकहरु शान्तप्रसाद पोखरेल, शैलेन्द्र पिया, उपाध्यक्ष सुकमाया भुजेल, महासचिव दुर्गाप्रसाद भण्डारी, परिषद् सहसचिव मित्रराज केसी, कोषाध्याक्ष रीना कोइरालालगायतको उपस्थिति थियो । कार्यक्रममा मन्त्री पौडेलले गुरुकूलका बटुकका लागि स्टेसनरी सहयोग गरेकी छन् ।  गुरुकुलमा सबै जातजातिका समावेशी विद्यार्थी आवासीय सुबिधासाथ अध्ययन गर्दै आएका छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि