9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकृषि प्रवद्र्धन समितिद्वारा अवलोकन
spot_img

कृषि प्रवद्र्धन समितिद्वारा अवलोकन

spot_img
हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् कृषि प्रवद्र्धन समितिले आइतबार कृषिफार्म अवलोकन गरेको छ । समिति संयोजक निलमकुमारी पाण्डेको नेतृत्वमा भ्रमण टोलीले हेटौंडा–१३, पदमपोखरीस्थित एमएनएस एग्रो प्रालिको अवलोकन गरेको हो ।
एमएनएस एग्रो प्रालिले ड्रागन फ्रुट, मेवा, बाख्रापालन जस्ता कृषिजन्य कार्यहरु गर्दै आएको छ । कृषि उद्यम गर्न इच्छुक किसानहरुले उक्त फार्ममा अध्ययन अवलोकन गर्न सक्ने देखिन्छ । एमएनएस एग्रो प्रालिले एक बिगाह जमिनमा कृषि फार्म सञ्चालन गरिरहेको छ । फार्म सञ्चालक फेञ्चु लामा कृषि प्रवद्र्धन समितिका सदस्य हुन् भने आफ्‌नो रिसर्च अनुभवसहित कृषिसम्बन्धि जिज्ञासा हुनेहरुलाई मार्गदर्शन गर्न सक्षम छन् ।
उनले डागन फ्रुट एक पटक लगाएपछि १५ वर्षसम्म उत्पादन लिन सकिने र एक वर्षभित्रमा पटकपटक उत्पादन हुने बताए । बजार दर स्थिर भएमा ड्रागन फ्रुट आयआर्जनका लागि सम्भावनायुक्त रहेको उनले बताए । ड्रागन फ्रुटको बिरुवालाई नियमित स्याहार गर्नुपर्ने भन्दै उनले ड्रागन फ्रुटलाई केही दिनसम्म सुरक्षित स्टोर गर्न दुईकोठे कोल्ड चेम्बर बनाइएको बताए । उनले ८० वटा बाख्राका लागि आधुनिक खोर निर्माण गरी सञ्चालन गरिरहेका छन् । उनले हेटौंडा उपमहानगरपालिकाले कार्यविधि बनाइ ५ वर्षका लागि उपलब्ध गराएको कृषि एम्बुलेन्सलाई समिति बनाइ कार्यविधिअनुरुप परिचालन गरिरहेका छन् ।
कृषि प्रवद्र्धन समिति संयोजक पाण्डेले संघ अध्यक्ष प्रमोदसिंह रानभाटले अवलोकन भ्रमण सफल बनाउन सघाएको र स्थलगत् अवलोकन भ्रमण तथा बैठकले उत्साहित महसुस गरेको बताइन् । समिति सदस्य हरिशरण अधिकारीले कृषि उद्यमी लामाको उद्यमप्रति रहेको लगावको प्रशंसा गर्दै अन्यका लागि प्रेरणाको स्रोत हुनसक्ने बताए । भ्रमणमा महिला उद्यमी विकास समिति पूर्वकावा सभापति देवकुमारी ढकाल, कृषि प्रवद्र्धन समिति सदस्यहरु विवेक सुबेदी, लक्ष्मी अधिकारी, अभिषेक अधिकारी, महिला उद्यमी बिमला ढकाल र संघ कार्यकारी सचिव पवन कार्कीको सहभागिता थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि