हेटौंडा/खैरहनी नगरपालिकाले विभिन्न खेलहरु खेल्न मिल्ने गर कबर्डहल निर्माण सुरु गरेको छ । नगरको वडा नम्बर–६ स्थित जमौलीमा कबर्डहल बनाउन लागिएको हो ।
खैरहनी नगरपालिकाको लगानीमा बन्ने कबर्डहलको शुक्रबार शिलान्यास गरिएस“गै निर्माण सुरु भएको हो । कबर्डहलको खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनिया र उपप्रमुख कविता उप्रेतीले संयुक्तरुपमा शिलान्यास गरे । एक करोड ९६ लाख लागतमा निर्माण हुने कबर्डहल चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको नगर प्रमुख खनियाले बताए । पारापिटसहित आधुनिक सुबिधासम्पन्न कबर्डहलमा तेक्वान्दो, भलिबल, व्याडमिन्टनलगायत खेल खेल्न मिल्ने उनले बताए ।
उनले कबर्डहल निर्माणपछि खेलाडीहरुलाई खेल खेल्न, खेल सिक्न वातावरण सहज हुने र नगरको एउटा गहनाको थप हुने विश्वास व्यक्त गरे । ५ सय ७ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने कबर्डहलमा दुई वटा ठूलो हल हुने खैरहनी नगरपालिका सिनियर डिभिजन इञ्जिनियर कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । दर्शक बस्न मिल्ने पारापिट, कार्यक्रम सञ्चालक गर्न मञ्च, खेलाडीलाई चेञ्जिङ कोठालगायत सबै सेवासहित सुबिधासम्पन्न कबर्डहल निर्माण हुने उपाध्यायले बताए ।









