12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडादुई हजार ६ सय विद्यार्थीलाई विद्यालय पोसाक
spot_img

दुई हजार ६ सय विद्यार्थीलाई विद्यालय पोसाक

spot_img
हेटौंडा/विद्यालय पढ्न जाने सबैले विद्यालय पोसाक पाएपछि बालबालिकामा खुशीयाली छाएको छ । बिकट राक्सिराङको शैक्षिक विकासका धेरै क्षेत्रमा काम गर्दै आएको संस्था दीगो विकासका लागि एकता नेपालद्वारा शैक्षिक सामग्रीसहित पोसाक बितरण गरेस“गै विद्यार्थीहरुमा खुशीको लहर छाएको हो ।
लामो समयदेखि राक्सिराङ गाउ“पालिकाको शैक्षिक क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले बालविकास र विद्यालयमा अध्ययनरत् करिब २ हजार ६ सय विद्यार्थीहरुलाई पोसाक बितरण गरिएको परियोजना व्यवस्थापक अनिल पौडेलले जानकारी दिए । संस्थाले राक्सिराङका ३ वटा वडाहरु ६, ७ र ८ का सबै विद्यालयमा पढ्ने विद्यार्र्थीलाई लिसा हिमालय ईभीको आर्थिक सहयोगमा विद्यालय पोसाक, झोला, स्टेसनरीका सामान र चप्पल बितरण गरेको हो । सामग्री बितरणपश्चात् विद्यार्थीमा ऊर्जा मिल्ने विश्वास संस्थाले लिएको छ । स्टेसनरी सामग्रीहरुमा विषयगत् कापी, कलम, पेन्सिल बितरण गरिएको छ । छात्रहरुलाई सर्ट/पाइन्ट र छात्राहरुलाई कुर्ता/सुरुवाल र सल बितरण गरिएको छ ।
यस वर्षदेखि अभिभावक, स्थानीय समुदाय तथा पालिकाको अनुरोधमा छात्रहरुका लागि पनि संस्थाले पोशाकको व्यवस्था गरेको परियोजनाका कार्यक्रम निर्देशक अञ्जनप्रसाद पौडेलले बताए ।
संस्थाले राक्सिरा–८ नम्बरको नवजीवन आधारभुत विद्यालयबाट शुरु गरेको शैक्षिक सामग्री बितरण कार्यक्रम ८ नम्बरकै देवीटार माविमा पनि सामग्री बितरण गरिसकेको छ । बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुका लागि कट्टु, गञ्जी र चप्पल बितरण गरिएको छ ।
धिराङ आधारभुत विद्यालय राक्सिराङ–७ र सातकन्या आधारभुत विद्यालय राक्सिराङ–७ र दाम्राङ आधारभुत विद्यालयसहित वडा नम्बर–६ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिंगेमा सामग्री बितरण गरिएको परियोजना व्यवस्थापक पौडेलले जानकारी दिए । शैक्षिक सामग्री बितरणस“गै विद्यार्थीहरुको व्यक्तिगत् स्वास्थ्य प्रवद्र्धनअन्तर्गत् स्वास्थ्य परीक्षण पनि भइरहेको जानकारी दिएका उनले स्वास्थ्य परीक्षण वर्षमा २ पटक गर्ने गरिएको बताए ।
विधार्थीहरुलाई प्रदान गरिने शैक्षिक सामग्रीअन्तर्गत् पहिलो चरणको सहयोग प्रदान गरिएको हो । संस्थाले विद्यार्थीलाई शैक्षिक सामग्रीमात्र नभएर विद्यालयलाई शैक्षिक जनशक्ति, भौतिक संरचना, विद्यार्थी खाजा, जीविकोपार्जनअन्तर्गत् अभिभावकलाई वीउबिजन तथा प्राविधिक सहयोग, आपत्‌कालीन स्वास्थ्य उपचार सहयोग तथा उद्धार जस्ता कार्य गर्दै आएको छ । सरकारी निकायले गर्नुपर्ने यस्ता कार्यहरुमा गैरसरकारी संस्थाले आफ्‌नै पहलमा स्थानीयलाई सहयोग गर्दै आएको छ । परियोजना सन् २०२९ सम्म सञ्चालन हुनेछ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि