12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबागमतीमा आफ्‌नै फुटबल एकेडेमी
spot_img

बागमतीमा आफ्‌नै फुटबल एकेडेमी

spot_img
हेटौंडा/मकवानपुरको बागमती गाउ“पालिकाले फुटबल एकेडेमी सञ्चालनको तयारी थालेको छ । राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आएको बागमतीले अब व्यावसायिकरुपमा खेलाडी उत्पादन गर्ने गरी एकेडेमी सञ्चालनको तयारी सुरु गरेको हो ।
पालिकाले बागमती एकेडेमी सञ्चालनका खेलाडी छनौट कार्य सुरु गर्ने पालिका अध्यक्ष सर्केश घलानले बताए । प्रारम्भिक चरणमा १० देखि १४ वर्ष उमेर समूहका खेलाडीहरु छनौट गरिने भएको छ । पालिकाले एकेडेमी सञ्चालनका लागि एकेडेमी भवनसमेत तयार पारेको छ । महिला र पुरुष दुवैतर्फका एकेडेमी भवनमा अन्तिम चरणको कार्य बा“की रहेको अध्यक्ष घलानले बताए ।
भवन १ सय ५० जना क्षमता छ । पालिकाले विगतदेखि नै खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता राख्दै आएको र अब व्यावसायिकरुपमा खेलाडी तयार पार्ने पालिकाको लक्ष्य रहेको अध्यक्ष घलानको दाबी छ । बिहीबार पालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जारी गरेको सूचनामा पालिकाले पुरुष तथा महिला दुवै उमेर समूहका खेलाडीको छनौट कार्यक्रम मिति, समय र स्थान तोकी प्रत्येक वडा कार्यालय, विद्यालय र सरोकारवालामार्फत् जानकारी गराइएको जनाएका छन् ।
खेलाडी छनौट भदौ १ गतेदेखि ६ गतेसम्म पालिकाका विभिन्न खेलमैदानमा हुनेछन् । भदौ १ गते ४ नम्बरस्थित सहिद स्मृति खेल मैदानमा, २ गते वडा नम्बर–६ स्थित जनता मावि खेलमैदानमा, ३ गते वडा नम्बर–८ स्थित खेलमैदान, ४ गते वडा नम्बर–७ स्थित लामिटार खेलमैदानमा हुनेछ । ५ गते वडा नम्बर–३ स्थित सहिद स्मृति खेलमैदान, ५ गते वडा नम्बर–१ स्थित रामपुर खेलमैदानमा र ६ गते वडा नम्बर–२ स्थित राईगाउँ खेलमैदानमा खेलाडी छनौट हुनेछ । गाउ“पालिकाले छनौटमा भाग लिन इच्छुक खेलाडीलाई फुटबल जुत्ता, ट्रयाक, हाफपाइन्ट, टीसर्ट अनिवार्यरुपमा ल्याउन अनुरोध गरेको
छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि