12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाखैरोहेरोइनसहित ३ जना पक्राउ
spot_img

खैरोहेरोइनसहित ३ जना पक्राउ

spot_img

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटांैडा उपमहानगरपालिका वडा–४, नारायणी मलपछाडि भित्री सडकमा छापा मार्दा ३ ग्राम ९ सय ८० मिलिग्राम खैरोहेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाप्र–०३–००६ प २६४५ नम्बर स्कुटरमा शंकास्पद् अवस्थामा रहेका ३० वर्षीय विवेक खड्का र २६ वर्षीय सुशान्त मैनालीलाई नियन्त्रणमा लि“दै खानतलासी गर्दा १ ग्राम ७ सय ३० मिलिग्राम लागुऔषध फेला परेको जनाइएको छ । प्रारम्भिक सोधपुछ क्रममा खड्काको घरकोठामा प्रवेश गर्दा थप २ ग्राम २ सय ५० मिलिग्राम लागुऔषध र नगद ३ लाख १७ हजार बरामद भएको छ ।

- Advertisement - Ad Banner

फरार हुन खोजेका ४२ वर्षीय सन्तोष कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्धामा म्याद अनुमति लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि