9.6 C
Makwānpur
Homeमुख्य समाचारशिक्षा विधेयकका प्रावधानप्रति असन्तुष्टि
spot_img

शिक्षा विधेयकका प्रावधानप्रति असन्तुष्टि

spot_img

हेटौंडा/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) थाहा नगरले संयुक्तरुपमा शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै थाहा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

प्याब्सन थाहाका पदाधिकारीहरुकोे टोलीले थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान तथा शिक्षा शाखा प्रमुख माधबविक्रम मल्ललाई ज्ञापनपत्र बुझाएको हो । प्याब्सन केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार देशभरका पालिकामा ज्ञापनपत्र बुझाउने अभियानअन्तर्गत् थाहा नगरपालिकामा पनि ज्ञापनपत्र बुझाएको हो । शिक्षा ऐन, २०२८ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको विद्यालय शिक्षा सम्बन्धि कानुन संशोधन तथा एकीकरण विधेयक २०८० मा समावेश केही धारामा संगठनको आपत्ति रहेको प्याब्सन थाहाका संगम कार्कीले बताए ।

- Advertisement - Ad Banner

ज्ञापनपत्रमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने भनाइ हटाउन, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावली संशोधन गर्न, हाल प्रचलनमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत् छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिन तथा छात्रवृत्तिमा भर्ना, वार्षिक र मासिक शुल्कमात्र समावेश गर्नुपर्ने माग राखिएको छ । साउन २२ गते शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिबाट पारित उक्त विधेयकमा समावेश प्रावधानलाई प्याब्सनले अव्यवहारिक, लगानी प्रतिकूल र पूर्वाग्रही भएको आरोप लगाउँदै सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ । प्याब्सन मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति मकवानपुर र शिक्षा विकास तथा समन्वय एकाईंमा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि