9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबेलिब्रिज जडानपछि आवागमनमा सहजता
spot_img

बेलिब्रिज जडानपछि आवागमनमा सहजता

spot_img

हेटौंडा/मकवानपुरगढी गाउ“पालिका वडा–१ स्थित बुदुनेखोलामा बेलिब्रिज निर्माणस“गै मकवानपुरगढी, बकैया गाउ“पालिका र हेटौंडा उपमहानगरपालिकाका बासिन्दालाई आवागमनमा सहज भएको छ ।

पालिकाको बजेटमा तीन वर्षअघि बुदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा यस वर्षमात्र बेलिब्रिज निर्माण सम्पन्न भएको हो । मकवानपुरगढी गाउ“पालिका वडा–१ का अध्यक्ष आइतसिङ लोले तीन वर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायत काम सम्पन्न भएकोमा हाल बेलिब्रिज जडान कार्य सम्पन्न गरी सञ्चालन ल्याइएको जानकारी दिए । उनले तीन वर्षअघि ३५ लाख रुपिया“  लागतमा पुल निर्माण गर्न जग, पिल्लरलगायत काम भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुरगढी गाउ“पालिकाबाट विनियोजित २० लाख रुपिया“ लागतमा बेलिब्रिज ल्याउने, जडान, रंगरोगनलगायत कार्य भएको बताए ।
यातायात पूर्वाधार निर्देशनालय हेटौंडामार्फत् बेलिब्रिज उपलब्ध भएकोमा बेलिब्रिजका लागि नपुग फलाम खरिदस“गै रंगरोगन, जडान, पहु“चमार्ग निर्माणलगायत कार्य गरी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो । उनले भने–बेलिब्रिज निर्माणपछि मकवानपुरगढी गाउ“पालिका वडा–१ का बासिन्दासगै बकैया गाउपालिका वडा–४ र ११ का बासिन्दालाई आवतजावत र हेटौंडा उपमहानगरपालिका–१८ का बासिन्दालाई घा“सदाउरालगायत आवतजावत गर्न सहज भएको छ । पुल अभावमा विद्यार्थीलाई अध्ययन गर्न जान, स्थानीयलाई गाउ“घरमा उत्पादित कृषिजन्य वस्तु बजार पुर्‍याउन, बजार आउजाउलगायतमा समस्यास“गै वर्षाको समयमा ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता थियो ।
१४ मेट्रिक टनमात्र भारबहन क्षमता रहेको बेलिब्रिजबाट मकवानपुरगढीसगै आसपासका पाच हजारभन्दा बढी नागरिक लाभान्वित हुने उनले बताए । बेलिब्रिज निर्माणपछि वर्षायाममा आवतजावतका लागि सहजभएको भन्दै वडा अध्यक्ष लोले भने–बेलिब्रिजको पहु“चमार्ग सुधार, बेलिब्रिज र सडक सुरक्षाका लागि मेसिनरी वाल, तारजालीलगायत कार्य गर्न पालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपिया“ विनियोजन गरेको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि