12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रगतितर्फ कैलाश पँजीगत् खर्च ८६.४८ प्रतिशत्‌
spot_img

प्रगतितर्फ कैलाश पँजीगत् खर्च ८६.४८ प्रतिशत्‌

spot_img
हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गरेको छ । मंगलबार पालिका सभाहलमा सम्पन्न समीक्षा कार्यक्रममा पालिकाले ८६.४८ प्रतिशत् पु“जीगत् खर्च गरेको बताइएको छ भने चालुतर्फ ८३.१५ प्रतिशत् खर्च प्रगति भएको कार्यपत्र प्रस्तुत गरिएको हो ।
५२ करोड ६ लाख ५५ हजार ३ सय ५ रुपिया“मध्ये ८४.४१ प्रतिशत् रकम खर्च प्रगति भएको आर्थिक प्रशासन प्रमुख नवीन धितालले बताए । उनका अनुसार संघीय कार्यक्रमबाट प्राप्त सशर्त, समानीकरण, समपूरक र राजस्व बा“डफा“टबाट प्राप्त रकममा ८६.५८ प्रतिशत् खर्च प्रगति भएको छ । प्रदेश कार्यक्रमबाट प्राप्त विभिन्न अनुदानमध्ये ९४.२९ प्रतिशत् खर्च भएको धितालले बताए ।
कैलाशका १० वटा वडामध्ये वडागत् कार्यक्रम र खर्च प्रगतिमा वडा–१ ले ६८.४७ प्रतिशत्, वडा–२ ले ८५.२६ प्रतिशत्, वडा–३ ले ७८.९९ प्रतिशत्, वडा–४ ले ९१.१२ प्रतिशत्, वडा–५ ले ९०.३९ प्रतिशत्, वडा–६ ले ७९ प्रतिशत्, वडा–७ ले ७४.८४ प्रतिशत्, वडा–८ ले ८२.३५ प्रतिशत्, वडा–९ ले ६९.८८ प्रतिशत् र वडा–१० ले ९६.६१ प्रतिशत् खर्च गरेका छन् ।
कैलाशको क्षेत्रगत् खर्च प्रगतिमा आर्थिक विकासतर्फ ७१.८८ प्रतिशत्, सामाजिक विकासतर्फ ८५.८५ प्रतिशत्, पूर्वाधार विकासतर्फ ७५.७५ प्रतिशत्, सूचना तथा अन्तर्सम्बन्धित क्षेत्रमा ७९.४१ प्रतिशत्, कार्यालय तथा प्रशासनिकतर्फ ७८.३४ प्रतिशत् रहेको उनले बताए । क्षेत्रगत्‌को कुल रकममा ८१.३३ प्रतिशत् खर्च भएको छ ।
पालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा बसेको समीक्षा कार्यक्रममा पालिकाका शाखा प्रमुखहरुले आव २०८१/०८२ मा भएका कामका प्रगति, समस्या र चुनौती प्रस्तुत गर्नुका साथै वडागत् सचिवहरुले वडामा भएका राजस्व संकलनदेखि व्यक्तिगत् घटनादर्ता र योजनाको प्रगतिको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पालिका अध्यक्ष मुक्तानले जनप्रतिनिधि र कर्मचारीबीच समन्वयकारी भूमिकाले आव २०८१/०८२ मा विभिन्न सूचक पूरा गर्दै जिल्लाकै उत्कृष्ट पालिका बनेको दाबी गरे । आफ्‌नो लगनशीलता र अथक् मेहनतसाथ चालु आवमा पनि सहकार्य र समन्वयका लागि उनले आग्रह गरे ।
गाउ“सभाबाट निर्माण भएका कार्यक्रम र योजनालाई जेठभित्र सम्पन्न गर्न सम्बन्धित शाखालाई निर्देशन दि“दै अध्यक्ष मुक्तानले भने–समयमै कामसक्ने अठोट लिनूस् । कैलाशमा स्वास्थ्य र शिक्षा पहु“च पुग्दै रहेको अवस्थामा पालिका थप योजनासाथ अघि बढ्ने उनले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्लले कर्मचारीको साथले पालिकाका विभिन्न क्षेत्रमा विकासले फड्को मार्दै गएको भन्दै आवश्यक साथ र समन्वयसहित आगामी वर्षहरुमा पनि सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाए । पालिकाले बजेट कार्यान्वयनमा जति प्रगति गरेको छ, आगामी दिनमा वृद्धिसाथ प्रगति गरिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत अमूल श्रेष्ठ, वडा–१० का अध्यक्ष सूर्यबहादुर ब्लोन, वडा–३ की कार्यबाहक अध्यक्ष राममाया प्रजा र विभिन्न शाखा प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।
कसरी बढ्यो पु“जीगत् खर्च ?
पु“जीगत् खर्च बढाउन बजेट तर्जुमाको क्रममा शीर्षकगत्‌रुपमा पर्याप्त छलफल, सञ्चार र समन्वयसाथ आयोजना लागतलाभ विश्लेषणका आधारमा युनिट मूल्यका आधारमा यथार्थरुपमा हुने खर्चको पूर्वानुमान गरी स्रोत, भुक्तानीको तरिका एकिन गरी दक्षतापूर्वक बजेट विनियोजन, बजेटको अख्तियारी र स्वीकृत कार्यक्रम समयमा विषयगत् शाखाहरुबाट खर्च गर्ने एकाईंमा पुर्‍याउने र निर्धारित समयमा कार्यान्वयन कार्ययोजना एवम् खरिद योजना तयार गरी बजेट खर्च व्यवस्थापन, अख्तियारीअनुसार साउन मसान्तभित्र आयोजना र कार्यक्रमहरुको विस्तृत डिजाइन र लागत अनुमान तयार गरी भदौ मसान्तभित्र बोलपत्र आह्‌वान र कात्तिक र मंसिरभित्र ठेक्कापट्टाको काम सम्पन्नपछि सूचना तथा तथ्यांकको यथोचित उपयोग गरी आयोजना र कार्यक्रमहरुको बहुआयामिक विश्लेषण गरी सूक्ष्म तहको कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयनमा गएको बताइएको छ ।
विस्तृत सर्वे डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन तथा आयोजनाको लागत अनुमान एवम् सम्भाव्यता अध्ययन नभएका आयोजना र कार्यक्रममा बजेट विनियोजन गरिएन । आयोजनाको अवधिभर योग्य, दक्ष जनशक्ति परिचालन, आयोजना प्रमुखलाई आयोजना सम्पन्न नभएसम्म सरुवा नगर्ने व्यवस्था र आयोजना प्रमुखलाई सम्पूर्ण जिम्मेवारी एवम् अधिकार प्रदान, विकास समितिलगायत अन्य अनुगमन गर्ने निकायले देखिएका कैफियतउपर छानबिन गर्दा आयोजना र कार्यक्रम नै रोक्ने प्रवृत्ति बन्द, विषयवस्तु अध्ययन गरी शीघ्र निर्णयसहित निर्माण व्यवसायी एवम् कन्ट्रयाक्टरलाई राष्ट्रिय नीति, समसामयिक कानुन, आर्थिक प्राविधिक पक्ष, निर्धारित समय, लागत, गुणस्तरीयताप्रति जवाफदेहीलगायत विषयमा समयसमयमा प्रशिक्षण प्रदान गरी आयोजनामा सूचक पूरा गर्ने उत्कृष्ट निर्माण व्यवसायीलाई सम्मान एवम् पुरस्कृत गरी कार्यसम्पादन तोकिएको समयमा सम्पन्न नगर्ने, सम्झौतापश्चात् सम्पर्कमा नरहने, गुणस्तरीयता कायम नगर्ने, कार्यजिम्मेवारी पन्छाउनेलाई कालोसूचीमा, दण्ड र सजाय व्यवस्था, भविष्यमा त्यस प्रकारको हर्कत गर्नेलाई ठेक्का प्रक्रियामा सहभागी नगराउने व्यवस्था मिलाइएको थियो ।
आयोजनामा सम्झौतापछि हुने मोबिलाइजेसन रकम भुक्तानी गर्ने व्यवस्था हटाइ कार्यप्रगतिका आधारमा रकम भुक्तानी गर्ने व्यवस्था, चालु खर्चतर्फ विनियोजित बजेटलाई अनुत्पादक क्षेत्रमा खर्च नगर्ने, मितव्ययीढंगले खर्च र समयतालिकासहित पु“जीगत् बजेट खर्चमा जोड दिने गरिएको छ । संवैधानिक प्रतिबद्धताबमोजिम स्थानीय तह निर्वाचनमार्फत् स्थानीय तहको सरकार गठन भइ कार्यारम्भ गरी सार्वजनिक बिदाका दिन घटाउ“दै लगिएको छ । नतिजामूलक अनुगमन तथा मूल्यांकन व्यवस्था मिलाइ देखिएका आर्थिक, प्राविधिक एवम् अन्य समस्या समन्वयात्मक तरिकाले समाधान गर्ने गरिएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि