12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापीडा भुल्दै हात्तीलाई वनभोज
spot_img

पीडा भुल्दै हात्तीलाई वनभोज

spot_img
हेटौंडा/हात्ती–मानिस द्वन्द्व क्षेत्रमा हात्तीप्रति सकारात्मक व्यवहार बनाउन सके दुई तिहाइ द्वन्द्व न्यूनीकरण हुने विश्वास छ । यस्तो द्वन्द्व घटाउन हात्ती हि“ड्ने करिडोर संरक्षण गर्नु आवश्यक हुन्छ । हात्ती–मानिस द्वन्द्व हुने स्थानमा तत्काल सम्बोधन गर्ने संयन्त्र गठन गर्नु पनि आवश्यक छ । सचेतनामार्फत् स्थानीयको व्यवहार परिवर्तन गर्न सकेमात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशत्‌सम्म कम गर्न सकिने विज्ञको धारणा छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा जंगली, सरकारी तथा निजीरुपमा पालिएका गरी करिब ४ सय हात्ती छन् । भारतबाट सिजनमा थप जंगली हात्ती आउने र केही समयपछि फर्कने गरेका छन् । हात्तीले नेपालमा हरेक वर्ष क्षति गरे पनि हात्तीले दिने गरेका पीडा भुल्दै हात्ती संरक्षण गर्ने उद्धेश्यसाथ हरेक अगष्ट १२ मा विश्वभर ॅहात्ती दिवस’ मनाइन्छ । पछिल्लो समय खासगरि पूर्वी तराई क्षेत्रमा विविध कारणले मानव–हात्ती द्वन्द्व बढ्दो छ ।
विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन् । एसियाली र अफ्रिकी हात्ती । एसियाली हात्ती नेपाल, भारत, भुटानलगायत १३ राष्ट्रमा पाइन्छन् । तिनको संख्या हाल करिब ५० हजार हाराहारीमा रहेको बताइन्छ । विश्व संरक्षण संघले हात्तीलाई संकटापन्न प्रजातिको सूचीमा राखेको छ । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत् हात्तीलाई अनुसूची–१ मा राखेर यसको संरक्षणमा विशेष ध्यान दिएको छ ।
नेपालमा विशेषगरि पश्चिम तराई र चुरे–तराई क्षेत्रमा बढी जंगली हात्ती बस्छन् । राष्ट्रिय निकुञ्ज र होटलले भने हात्तीलाई घरपालुवा जनावरका रुपमा पनि पाल्दै आएका छन् । निकुञ्जहरुले पर्यटकलाई जंगल सफारीका लागि हात्ती पाल्दै आएका छन् । भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत् हात्तीको संख्या बढ्दै गएको छ ।
हात्तीले आफ्‌नो क्षेत्रलाई विश्वसामु चिनाएर पर्यापर्यटनमा निकै महत्व राखेपछि हात्तीलाई सौराहामा विशेष माया दिइएको छ । चितवनको पर्यटकीय नगर सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको हो । किनकि, हात्ती चढेर गरिने घुमघाम (हात्ती सफारी) कै लागि हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटक अधिक मात्रामा सौराहा आउ“छन् । तसर्थ, १४ औं विश्व हात्ती दिवसको अवसरमा त्यहा“का ६० वटा हात्तीलाई मिष्ठान्न भोजनका रुपमा वनभोज खुवाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, बाघमारा, चित्रसेन, कुमरोज सामुदायिक वन, क्षेत्रीय होटल संघ चितवन सौराहा, रेवान सौराहा, ग्रीन सोसाइटी नेपाल र रत्ननगरका विभिन्न वडा कार्यालयको सहयोगमा हात्ती दिवस मनाइएको हो ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा हात्तीलाई लामबद्धरुपमा राखेर उखु, गा“जर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्था अध्यक्ष दीपेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । हात्तीको पर्वका रुपमा लिएर सौराहाका व्यवसायीहरुले हात्ती दिवस मनाएका हुन् । सामूहिकरुपमा एकै पटक धेरै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउने काम हरेक वर्ष हात्ती महोत्सवमा गरिने हात्तीको वनभोजमा गरिन्छ । सौराहाको बाघमारा सामुदायिक वनमा २०५३ भदौ २२ गते सोनाकली हात्तीबाट पहिलो पटक सफारी गर्न थालिएको हो । चितवनको पर्यटन हात्तीमा निर्भर छ । सफारी पर्यटनलाई व्यवस्थित गर्न सहकारीमार्फत् काम गरि“दै आएको छ । विश्व हात्ती दिवस सन् २०१२ मा क्यानडाबाट सुरु गरिएको मानिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले हात्तीलाई केक खुवाएर हात्ती वनभोज उद्घाटन गरेका थिए । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउ“दा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको संस्था अध्यक्ष खतिवडाले बताए । ॅजसरी हामी वनभोज खान जा“दा रमाउ“छौं, त्यसरी नै हात्तीलाई मन पर्ने खानेकुरा खुवाउ“दा हात्ती खुशी हुन्छन्,’ उनले भने–राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो । उनले हात्तीलाई काममात्र लगाउने होइन, पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए । धेरै हात्तीले एकै ठाउ“मा खाना खा“दा रौनकता बढेको र पर्यटकले रमाउ“दै दृष्यावलोकन गरेको उनले बताए ।
मानिस र जनावरबीच सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको अध्यक्ष खतिवडाले बताए । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. पन्तले जंगली हात्ती र निजी हात्तीको अन्तर्संम्बन्धले हात्ती संरक्षणमा भूमिका खेलिरहेको भन्दै उनले पर्यटनमा प्रयोग भएका निजी हात्ती संरक्षणमा निकुञ्ज जिम्मेवार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुर प्रमुख डा. विजयकुमार श्रेष्ठ, वडा–५ अध्यक्ष बालकृष्ण चापागाईं, वडा–७ का अध्यक्ष सजना महतोलगायतले मन्तव्य राखेका थिए । नेपालमा करिब ४ सय हाराहारीमा हात्ती रहेको अनुमान छ । चितवनमा सरकारी ६० वटा र निजीस्तरमा ४५ वटा हात्ती छन् ।
नेपालमा जंगली हात्तीका लागि उपयुक्त आवास क्षेत्र १२ हजार वर्ग किलोमिटर (तराईको उत्तरी भाग, भवर, चुरेक्षेत्रको केही भाग र भित्री तराईको केही भाग) छ । यसअन्तर्गत् ६ संरक्षण क्षेत्र (पा“च राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष) छन् । तराईमा २ सय ३० जंगली हात्तीले नेपालको कुल संख्याको ५२ प्रतिशत् (करिब एक करोड ५० लाख) मानिसस“ग एउटै आवास क्षेत्र साझा गर्छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि