हेटौंडा/पश्चिम मकवानपुरको मनहरी गाउ“पालिका–१ का वडा अध्यक्ष शिवप्रसाद खनाल स्नातक तहमा भर्ना भएका छन् । एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वालजीवनज्योति माविको कक्षा–११ मा भर्ना भएका थिए । कक्षा–१२ उत्तीर्णपछि उनी स्नातकका लागि हेटौंडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पस भर्ना भएका हुन् ।
२०४८ सालमा बाराको सिद्धेश्वर स“स्कृत विद्यालय कलैयाबाट द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण खनाल आफैं व्यवस्थापन समिति अध्यक्ष रहेको विद्यालयमा ११ कक्षामा भर्ना भएर जोड २ पासपछि स्नातक तहमा भर्ना भएका हुन् । राजनीतिका लागि शिक्षा अतिआवश्यक रहेको महसुस भएको भन्दै खनालले समाजसुधारका लागि औपचारिक शिक्षाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षालाई प्राथमिकता दिइएको बताए ।
ॅमेरो पढ्ने इच्छा हु“दाहु“दै विभिन्न कारण पढ्न सकेको थिइन“ । राजनीति र सामाजिक जीवनले औपचारिक शिक्षा अघि बढाउन सकेको थिइन“,’ ५३ वर्षका खनालले भने । नेपाली कांग्रेसका तर्फबाट लगातार दोस्रो पटक वडा अध्यक्ष निर्वाचित खनालले आफूले सुरु गरेको अभियानले विभिन्न कारण बीचमा अध्ययन छाडेकाहरुलाई प्रेरणा मिल्नसक्ने र पुनःअध्ययनको अभियान सुरुवात हुनसक्ने बताए । ॅपढ्ने चाहनालाई उमेरले रोक्दैन’ भन्दै खनालले राजनीति गरेर समाज सुधारका निम्ति शिक्षा सबभन्दा आवश्यक रहेकाले आफू क्याम्पस भर्ना भएको बताए ।
उनले भने–औपचारिक शिक्षाको अभाव खड्किएपछि अध्ययन गर्ने धोको पूरा गर्न लागेको छु । जनप्रतिनिधि भएपछि जनताको काममा व्यस्त भएकाले गत वर्ष स्नातक भर्ना गर्न नभ्याएको बताउने वडा अध्यक्ष खनालले अब पढाइ र जनताको काम स“गै अघि बढाएर चार वर्षे स्नातक तह पूरा गर्ने दृढता व्यक्त गरे । जनप्रतिनिधिका रुपमा व्यस्त भए पनि अब अध्ययन र जनसेवा दुवैलाई स“गै अगाडि बढाउने अठोट लिइएको उनले बताए ।
मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष खनालले आफूले ४८ वर्ष उमेरमा ११ कक्षा भर्ना भएर पढाइ सुरु गरेर प्लस टु पास गरेको अनुभव सुनाए । ॅविद्यालय उमेरमा पढ्ने रहर हु“दाहु“दै छाडेको थिए“ । हाल फेरि ब्याचलर भर्ना भएको छु,’ उनले भने । प्रौढ उमेरमा स्नातक भर्ना भएका वडा अध्यक्ष खनाललाई क्याम्पसमा स्वागतसहित मंगलबार भर्ना गरिएको निर्मल बहुमुखी क्याम्पस प्रमुख सुवासचन्द्र क“डेलले जानकारी दिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी खनाल २०७९ को निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।
हेटौंडा–१९ स्थित क्याम्पसले कक्षा–१२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष राजकुमार भेटवालको सभाध्यक्षता तथा वडा अध्यक्ष नरनाथ सुबेदीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि सुबेदीले क्याम्पसमा स्नातक तह पहिलो वर्षमा नियमित भर्ना हुने
विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले शिक्षामा लगानी गर्नु भविष्यका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न आफू सधैं तयार रहेको बताए । क्याम्पस प्रमुख क“डेलले क्याम्पसले हालसम्म गरेका गतिविधि र हासिल गरेका उपलब्धिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख प्रबोध बिडारी, क्याम्पस समितिका सल्लाहकार हरिवंश भेटवाल, रामचन्द्र बर्तौला, कोषाध्यक्ष सागर उप्रेती, सदस्य कृष्ण पौडेल, विक्रम पण्डित, मदन लामा, लोकबहादुर लामा, मानविकी संकाय प्रमुख माधबप्रसाद गौतम, प्राध्यापक संघ सभापति गोपीरमण प्याकुरेल, शिक्षाशास्त्र संकाय प्रमुख सुनील लामा, वाणिज्य संकाय प्रमुख दीपक देबकोटा, स्ववियु सभापति प्रशान्त भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन तथा सहजीकरण सहायक क्याम्पस प्रमुख राममणि बर्तौलाले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति थियो ।









