12.1 C
Makwānpur
Homeमुख्य समाचारदेखिएन राज्यको जिम्मेवारी आईसीयुमा छट्पटि“दै सहिदपिता 
spot_img

देखिएन राज्यको जिम्मेवारी आईसीयुमा छट्पटि“दै सहिदपिता 

spot_img
एमपी शर्मा
हेटौंडा/दोस्रो जनआन्दोलन २०६२/०६३ का मकवानपुरे सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरे गम्भीर स्वास्थ्य समस्याबाट पीडित भइ हाल चितवन मेडिकल कलेज (सीएमसी) को सघन उपचार कक्ष (आईसीयु) मा भर्ना भइ उपचार भइरहेको छ ।
मकवानपुरगढी गाउ“पालिका–५ निवासी करिब ८७ वर्षीय घिमिरेलाई हेटांैडामा उपचार सम्भव नभएपछि चितवन रिफर गरिएको हो । परिवारका अनुसार उनको छातिमा पानी जमेको र संक्रमण फैलिएको छ । चिकित्सकहरुले तत्काल शल्यक्रिया (अपरेसन) गर्नुपर्ने बताएका छन् । तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या उत्पन्न भएको छ । सहिद घिमिरेका नाति रञ्जन घिमिरेका अनुसार हजुरबुबाको स्वास्थ्य दिनप्रतिदिन जटिल बन्दै गएको छ । चिकित्सकहरुले तत्काल अपरेसन गर्नु भनेका छन् । तर, उपचार खर्च जुटाउन गाह्रो भइरहेको छ ।
बासुदेवका पिता ख्याउटो अनि कुप्रिएको शरीरसाथ जसोतसो लगलग का“प्दै उभिन्छन् । र, घरको पिंढीमा रहेको फलैंचा (लामो बेञ्च) मा बस्छन् । दम र खोकीका कारण उनी त्यति बोल्न सक्दैनन् । हि“डडुल त टाढाको कुरा, कति बेला के हुने हो भन्ने अवस्थामा छन् उनी ।
राष्ट्र र माटोका लागि आफ्‌नो जीवन आहुति दिने सहिद भन्दा देशमा भएका विभिन्न द्वन्द्वमा ढुंगामुढा गर्ने सहिदहरु बढ्दै गएकोप्रति परिवारले चिन्ता व्यक्त गरेको छ । जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदको परिवारप्रति राज्यले विशेष जिम्मेवारी लिनुपर्ने मानिन्छ । तर, सहिदका परिवारका सदस्य जीवन र मृत्युको दोसा“धमा पुग्दासमेत उपचार खर्च अभाव हुनुले राज्यप्रतिको भरोसा कमजोर हुने चिन्ता उब्जाएको छ । सहिद परिवार राजनीतिक दलबाट भएको बेवास्ताबाट दुःखी छन्‌ । सहिदप्रति सम्मान भाषण र राजनीतिक फाइदाका लागि भजाउनमात्र प्रयोग हुने गरेको परिवारका सदस्यले गुनासो गरेका छन्‌ ।
सहिद परिवारलाई कुनै नेताले वास्ता नगरेको आरोप परिवारले लगाएको छ । ॅदेशलाई अधिकार सम्पन्न बनाउन सहिद हुनेको परिवारले केही पाएन,’ उनीहरुले भने । सुखसुबिधा नेतालाई नै नपुगेकाले सहिद परिवारको पालो नआएको भन्दै उनीहरुले तीतो पोखे । ॅनेतालाई पतिपत्नी नै सांसद् हुनुपर्ने,’ उनीहरुले भने–सहरमा जग्गा, घर र विदेशी बैंकमा पैसा राख्ने होड नेतामा छ । कमाउने उमेरको छोरा गुमाएका सहिद परिवार भने विहान खाए बेलुका के खाउ“ भन्ने अवस्थामा छ ।
ॅहामी कसरी यी सबै झेल्दैछौं, हामीलाई नै थाहा छ । सुरुसुरुमा खुब नेताहरु विभिन्न किसिमका प्रलोभन देखाउ“दै घरमा आउ“थे । हाल कोही आउ“दैनन्‌ । केही मतलब राख्दैनन्,’ घिमिरे परिवारको गुनासो छ–बालबच्चाको पढाइको विषयलाई लिएर उनीहरुको उमेर बढेस“गै चिन्ता बढ्दै गएको छ ।
बासुदेव घिमिरेले लोकतान्त्रिक जनआन्दोलन २०६२/०६३ को क्रममा आफ्‌नो प्राणको आहुति दिएका थिए । उनको बलिदानले नेपाली समाजमा लोकतन्त्रको मूल्य र नागरिक अधिकार सम्मानका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ । घिमिरे २०३२ भदौ २५ गते मकवानपुरको सबिक आमभञ्ज्याङ गाविस–६, पानीघाट (हाल मकवानपुरगढी–५) मा जन्मिएका हुन् । उनले २०६३ बैशाख ७ गते काठमाडौंको कलंकीमा शहादत प्राप्त गरेका थिए ।
घिमिरे मकवानपुरका एक सामान्य परिवारका सदस्य थिए । २०६२ चैतमा जनआन्दोलनको लहरमा उनी काठमाडौं कलंकीमा आन्दोलनमा सक्रिय सहभागी थिए । शहादतपछि घिमिरेलाई नेपाल सरकारले जनआन्दोलनका सहिदका रुपमा सम्मानित गर्‍यो । उनको स्मृतिमा मकवानपुरगढी गाउ“पालिकाले प्रतिमा स्थापना गर्ने निर्णय गरेको थियो । तर, बजेट अभाव र प्रशासनिक जटिलताका कारण प्रतिमा स्थापनामा ढिलाइ भएको छ ।
यस विषयमा उनका बुबा कृष्णप्रसादले गुनासो व्यक्त गर्दै भनेका छन्‌–राज्यले सहिदप्रति सम्मान देखाउन त सकेन, अवहेलना नगरिदिए हुन्थ्यो । बासुदेवको बलिदानले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण स्थान राख्छ । उनको संघर्ष र शहादतले नेपाली जनतालाई लोकतन्त्र र नागरिक अधिकारको महत्व बुझ्न मद्धत पुर्‍याएको छ ।
नामोनिशान मेटियो
करोडौं सकेर पनि पूर्णरुपमा निर्माणसम्पन्न नगरिएको सहिदको नामको सभागृहको नामोनिशान मेटिने गरी बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण हुने निश्चित भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, हुप्रचौरमा १३ तले बहुउद्धेश्यीय भवन निर्माणका लागि सम्झौता गरिएको हो ।
उपमहानगर तत्कालीन मेयर हरिबहादुर महतको रोहवरमा हेटौंडा उपमहानगर प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागार्इं र लामा, रसुवा, बानिया“ जेभी सञ्चालक ऋषि बानिया“बीच सम्झौतामा हस्ताक्षर गरिएको थियो । कुल ७७ करोड ९३ लाख ७२ हजार रुपिया“ लागत अनुमान गरेर ठेक्का आह्‌वान गरिएकोमा ४७ करोड ९३ लाख रुपिया“ ७२ हजार रुपिया“ लागतमा जेभीले ठेक्का सकार गरेर सम्झौता गरिएको छ ।
भवनमा दुई तलाको अण्डरग्राउण्ड, चार लिफ्‌ट, दुई भर्‍याङ, सबभन्दा माथि भ्युटावर निर्माण गरिने छ । व्यापारिक भवनको सबभन्दा माथि रहने भ्युटावरबाट हेटौंडा र आसपास क्षेत्र सहजरुपमा हेर्न सकिने बताइएको छ । तीन वर्षमा काम सक्ने गरी ठेक्का दिइएको हो । लामो समयदेखि निर्माणाधीन सहिद बासुदेव सभागृहपरिसरमा नै उक्त टावर निर्माण गर्न लागिएको हो । तर, उक्त स्थानमा भ्युटावर बनाउने भन्दै हेटौंडा उपमहानगरपालिकाले निर्णय गरेको थियो । करिब १ बिगाहा क्षेत्रमा बन्ने भ्युटावरका लागि उपमहानगरले २ करोड छुट्याएको थियो ।
सभागृहलाई प्रदेशसभा भवनका रुपमा निर्माण गर्न प्रदेश सरकारले पनि अग्रसरता देखाएको थियो । प्रदेशको राजधानी भएपछि उपयुक्त प्रदेशसभा भवन नहु“दा समस्या भएको सन्दर्भमा प्रदेश सरकारले पनि अग्रसरता देखाएको हो । प्रदेश सरकारले यसका लागि २ करोड रुपिया“ विनियोजन गरेको थियो ।
सभागृहका लागि २०६३ मा निर्माण सुरु भएर ३ वर्षसम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडाकोषको १ करोड ३० लाख खर्च गरिएको थियो । त्यसपछि सभागृह निर्माणको काम अघि बढ्न सकेन । त्यसैले सभागृहलाई सुधारसाथ अघि बढाउन तत्कालीन समयमा करिब ४ करोड ३५ लाख लाग्ने नगरपालिकाले अनुमान गरेको थियो ।
२०६३ सालमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको पहलमा निर्माण सुरु भएको सभागृहको नाम ॅज्ञानेन्द्र सभागृह’ राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका सहिद बासुदेव घिमिरेको नाममा नामाकरण गरिएको थियो ।
गुनासैगुनासोका पोका
गणतन्त्रप्राप्तिपछि आमनागरिकले गरेको अपेक्षाअनुसार काम अझै हुन नसकेको सहिद परिवारले गुनासो गरेका छन् । आफ्‌ना परिवारका सदस्यले परिवर्तनका लागि गरेको त्यागको प्राप्त आमनेपालीले पाउनुपर्ने उनीहरुको भनाइ छ । परिवारले जस्तोसुकै पीडा भोग्नुपरेको भए पनि देशको परिवर्तन मूल उछेश्य हुनुपर्नेमा उनीहरुको जोड छ ।
द्वन्द्वकालमा पति गुमाएकी भरतपुर महानगरपालिका–२० की संगीता भट्टराई आफ्‌ना पतिले गणतन्त्रप्राप्तिका लागि बलिदानी दिएको बताइन् । गणतन्त्र जुन उद्धेश्यसाथ स्थापना भएको छ, त्यसअनुसार कार्यान्वयन गर्ने पाटोमा अघि नबढेको उनको गुनासो छ । उनले भनिन्‌–देशका बुद्धिजीवी, कर्मचारीको सोचाइ अझै पुग्न सकेको छैन । परम्परागत् सोचाइका कारण गणतन्त्र कार्यान्वयनमा समस्या छ ।
बलिदान दिने परिवारका तर्फबाट अपेक्षा र स्वार्थ केही नभएको भन्दै उनले भनिन्‌–जुन उद्धेश्यसाथ गणतन्त्र स्थापना भयो । सामान्य जनताको छोराछोरी पनि देशको शासन गर्ने ठाउ“मा पुग्यो । आफ्‌नो भावना, पीडा सबै व्यक्त गरेर गणतन्त्र स्थापना गरेको भन्दै सहिद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेकी भट्टराईले भनिन्‌–कार्यान्वयन गर्ने निकायले सहीढंगले कार्यान्वयन नगर्दा अपेक्षा गरेअनुसार कार्यान्वयन हुन सकेन ।
पूर्वी चितवनको वीरेन्द्रगरकी अरुणा क“डेलले २०४६ को आन्दोलनमा बुबा गुमाएकी थिइन् । जुन अपेक्षाअनुसार परिवर्तनका आन्दोलनमा सहभागिता जनाए, त्यो हाल नभएको उनको गुनासो छ । उनले प्रश्न गरिन्‌–देशमा नै समस्या भइरहेको समयमा हाल के अपेक्षा पूरा हुने र जनताले परिवर्तनको महसुस गर्न सकेको छैन ।
उनले अत्यावश्यक वस्तुको मागसमेत पूरा गर्न कठिन भएको समयमा गणतन्त्र कार्यान्वयन झन् फितलो बन्दै गएको बताइन् । उनले भनिन्‌–कार्यान्वयन पक्ष बलियो हुनु जरुरी छ । जनताले सहजरुपमा सेवा पाउन सके त्यो कार्यान्वयनमा आउने थियो ।
सशस्त्र द्वन्द्वमा छोरा गुमाएका माडीका दण्डपाणि पौडेलले गणतन्त्र राजनीतिक परिवर्तन भए पनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको गुनासो गरे । जनताले आजभन्दा भोलि झन् समस्या झेलिरहेको बताउ“दै उनले भनिन्‌–हाल गणतन्त्र कार्यान्वयनका चरणमा राज्यले दायित्व लिएर अघि बढ्नुपर्छ । समयअनुकूल परिवर्तनलाई महसुुस हुने गरी काम गर्न नसकेको उनले बताए ।
माडीकै नरमाया सुनारले पति गुमाइन् । उनले भनिन्‌–राज्यले परिवर्तनको अनुभूति दिन सकेन । पीडितले न्याय पाउन नसकेको भन्दै उनले भनिन्‌–पीडितले न्याय र नागरिकले गणतन्त्रको अनुभूति पाउनुपर्छ । आमनागरिकले अनुभूति पाउने गरी काम हुनुपर्नेमा सहिद परिवारको जोड छ । आफ्‌ना आफन्त गुमाउँदै गर्दाको भन्दा पनि देशमा सोचेजस्तो परिवर्तन नभएकोमा उनीहरुको चिन्ता छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि