10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा अस्पताल कर्मचारी टनाटन, छैन व्यवस्थापन
spot_img

हेटौंडा अस्पताल कर्मचारी टनाटन, छैन व्यवस्थापन

spot_img
एमपी शर्मा
हेटौंडा/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् सञ्चालित हेटौंडा अस्पतालमा पर्याप्त जनशक्ति हु“दासमेत सेवाप्रवाहमा सुधार नआएको गुनासो चुलि“दै गएको छ । करिब ५ सय ४५ कर्मचारी कार्यरत् रहे पनि अस्पतालमा दैनिक सेवा लथालिङ्ग भएको बिरामी र सेवाग्राहीको आरोप छ ।
अस्पतालमा हाल ५४ जना कन्सल्टेन्ट डाक्टर, ४८ मेडिकल अफिसर, १ सय ५ स्टाफ नर्स, २० नर्सिङ अफिसरसहित प्रशासनिक, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी, स्वास्थ्य सहायक र अन्य प्राविधिक तथा अप्राविधिक कर्मचारी गरी कुल ५ सय ४५ जना कार्यरत् छन् । यति ठूलो संख्यामा कर्मचारी रहे पनि दैनिक औसत १ हजार ४ सय बिरामीको उपचार सेवा सुचारु गर्न अस्पताललाई कठिन भइरहेको छ ।
सेवाग्राहीहरुको भनाइमा अस्पतालमा स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुनु, बिरामी जा“चमा ढिलाइ, परीक्षण र रिपोर्टमा ढिलासुस्ती हुनु, औषधि अभाव तथा सरसफाइ कमीजस्ता समस्या छन् । अस्पताल व्यवस्थापन पक्षले नियमित अनुगमन नगर्नु र जवाफदेही संरचना कमजोर हुनु नै यसका मूल कारण रहेको विश्लेषण गरिएको छ ।
सेवाग्राही रमेश लामाले भने–बिरामी लिएर विहानै अस्पताल आइपुग्दा पनि रिपोर्ट आउन दिउ“सोसम्म कुर्नुपर्छ । कतिपय सेवाका लागि त फेरि अर्को दिन आउनु भन्छन् । यस्ता घटनाले सरकारी अस्पतालप्रतिको विश्वास कमजोर बनाउ“दै गएको छ । हेटौंडा अस्पताल बागमती प्रदेशको राजधानीमा भएर पनि पनि सेवाको गुणस्तरमा सुधार नआउनु गम्भीर विषय बनेको छ ।  स्वास्थ्य सेवाका लागि बिरामी अन्यत्र जिल्लामा धाउनुपर्ने बाध्यता छ ।
हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियान संयोजक विशालराज महत भन्छन्‌–अस्पतालमा जनशक्ति अभाव होइन । प्रष्ट नीति, जवाफदेही नेतृत्व र प्रभावकारी व्यवस्थापन अभाव मुख्य समस्या हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं सेवासुधारका लागि योजनाबद्ध प्रयास भइरहेको बताउ“छन् । तर, सुधारको अनुभूति सेवाग्राहीले नगरेसम्म यस्ता प्रयासहरु कागजमै सीमित हुने देखिन्छ ।
प्रतिष्ठानअन्तर्गत् हेटौडा अस्पतालको डायलाइसिस केन्द्र सेवा संकटमा पर्दै गएको छ । बेड र मेसिन अभाव, बढ्दो बिरामी चाप र प्राविधिक समस्याका कारण दैनिक सेवा खोज्दै आउने धेरै बिरामी उपचार नपाइ घर फर्किन बाध्य छन् । हाल केन्द्रमा १४ वटा डायलाइसिस बेड छन्, जहा“ १ सय २ बिरामीले नियमित सेवा लिइरहेका छन् भने ६२ जना वेटिङ सूचीमा छन् । आवश्यक समयमा डायलाइसिस नपाउ“दा धेरै बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
अझ चिन्ताको विषय के छ भने यस्तो गम्भीर संकट प्रदेश राजधानीकै एकमात्र डायलाइसिस केन्द्रमा उत्पन्न हु“दा पनि प्रदेश सरकार, अस्पताल प्रशासन र सरोकारवाला निकायहरु चुपचाप छन् । केन्द्रमा रहेका २२ वटा डायलाइसिस मेसिनमध्ये ४ वटा बिग्रिएर प्रयोगबिहीन छन् । ती मर्मतका लागि ठोस पहल देखिएको छैन । नया“ बेड थप्ने विषयमा पनि अस्पताल वा प्रदेश सरकारले चासो नदेखाएको सेवाग्राहीहरुको गुनासो छ ।
उक्त सेवाकेन्द्र रोटरी क्लब हेटौंडा, हेटौंडा उपमहानगरपालिका तथा अन्य सामाजिक संस्थाहरुको सहयोगमा स्थापना गरिएको भए पनि हाल प्रदेश सरकारको उदासिनताका कारण सेवा चरम संकटमा पुगेको छ । अस्पताल प्रशासनले भने डायलाइसिस सेवा विस्तार गर्न प्रयास भइरहेको बताएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि