हेटौंडा/हेटौंडामा सम्भवत पहिलो पटक आयोजना भएको शैक्षिक तीज गीत प्रतियोगिता बकैया गाउ“पालिकाले जितेको छ । नेपाल शिक्षक संघ मकवानपुरको महिला विभागले प्रतियोगिता आयोजना गरेको हो ।
मकवानपुरका ६ पालिकाको सहभागिता रहेको प्रतियोगितामा बकैया गाउ“पालिकाका रमा लामिछाने, लक्ष्मी जमकट्टेल र नवीना बरालको समूह प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिकाका सुप्रिया चौलागाईं, लक्ष्मी अधिकारी र रिनु चौलागाईंको समूह दोस्रो भएको छ ।
प्रतियोगितामा मकवानपुरगढी गाउ“पालिकाका इन्दिरा अधिकारी, कल्पना गौतम र चण्डिका सञ्जेलको समूह तृतीय भएको थियो । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्थानीय तहले सम्मानपत्रस“गै क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका थिए ।
हेटौंडा उपमहानगरपालिकासहित बकैया, मकवानपुरगढी, इन्द्रसरोवर, मनहरी र भीमफेदी गाउ“पालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए । इन्द्रसरोवरबाट सरस्वती घोरसैनी र रीता कार्की सहभागी थिए । मनहरी गाउ“पालिकाका तर्फबाट बिमला बिडारी, सुधा मैनाली र सरिता पाठक सहभागी रहेकोमा भीमफेदीका तर्फबाट सुमित्रा अर्याल, माधबी सापकोटा र सुशीला आलेमगर सहभागी थिए ।
नेपाल शिक्षक संघ मकवानपुर महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक निर्मला तिमल्सिनाको सभाध्यक्षता र नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमिति उपाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानिया“ र नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश हुमागाईंको विशिष्ट आतिथ्यता थियो । प्रतियोगिताका निर्णायकमा ह्यग्रीव आचार्य, राजकुमार सापकोटा र सुनिता लुईंटेल थिए ।









