हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९ औं स्थापना दिवसको अवसरमा हेटौंडाका दुई स“स्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको छ । संघले हेटौंडा–१०, राप्तीतट गोरक्षश्वरधाममा रहेको स“स्कृत वेद विद्यालय र हेटौंडा–१८, ठूलोदमार हर्नामाडीस्थित वैदिक स“स्कृत गुरुकूलम्मा खाद्यान्न वितरण गरेको हो ।
संघ अध्यक्ष प्रमोदसिंह रानभाटको सभाध्यक्षता, हेटौंडा–१० का अध्यक्ष फुर्वा दोर्जेलामाको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक गणेश धितालको आतिथ्यमा खाद्यान्न वितरण कार्यक्रम भएको थियो । उक्त विद्यालयमा ४० जना अध्ययनरत् रहेको र स“स्कृतसहित अंग्रेजी, गणित विषयमा पनि अध्यापन भइरहेको छ ।
हेटौंडा–१८ स्थित वैदिक स“स्कृत गुरुकूलम्मा संघ अध्यक्ष रानाभाटको सभाध्यक्षता, वडा अध्यक्ष अनिल बानिया“को प्रमुख आतिथ्यतासहित विद्यालय उपाध्यक्ष केशबराज पण्डित, संघ सचिव नेत्रप्रसाद खतिवडा, महिला उद्यमी विकास समिति सभापति सीतादेवी भेटवाल, कार्यसमिति सदस्य भुपेन्द्र अधिकारीलगायतको आतिथ्यता थियो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विषयगत् शिक्षक र विद्यार्थीको कार्यक्रममा सहभागिता थियो । विद्यालयको जडिबुटी खेती, गौशालालगायत स्थापना गर्ने उद्धेश्य रहेको, विद्यालयमा १९ विद्यार्थी र तीन शिक्षक रहेको चर्चा गरिएको थियो । विद्यालय उपाध्यक्ष पण्डितले अत्यावश्यक समयमा खाद्यान्न सहयोग भएकोमा धन्यबाद व्यक्त गरे ।









