9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानछाडौं जस्तो लाग्ने गाउ“का घरमा ढोकै छैन
spot_img

नछाडौं जस्तो लाग्ने गाउ“का घरमा ढोकै छैन

spot_img
हेटौंडा/कहिल्यै नछोडौं जस्तो लाग्थ्यो गाउ“, आज फर्किंदा त ढोकै छैन । छानो भत्किएको छ, भित्ताले बोल्दैन, झ्याल जीर्ण छ, आ“गन सुनसान छ । जहा“ पहिले हा“सोको गुञ्जन हुन्थ्यो, आ“गनमा आमाको ममता र मुस्कान थियो, आज त्यही ठाउ“मा मौनता र झार पलाएको छ । खेतीपाती गर्ने नै छैनन् ।
त्यसबेला गाउ“मा मान्छे बस्थे, गोठमा गाईभैंसी, आ“गनमा हा“सो हुन्थ्यो । अब त केवल ढुंगा बा“की छ, ढुंगामाथि झारैझार छ, घा“सले ढाकेको पुरानो घर बा“की छ, घर त जंगल भएको छ । तर, यस मनले अझै बालापनको हा“सो खोज्छ, छेऊको धारा, आमाले बोलाउने त्यो स्वर, विहानैको गाईबाच्छा कराउने, काली गाईको घण्टी र मेलापात । बारिबाट सा“झतिर फर्किने बुबाआमा । सबै सम्झना बनेर बोलाउ“छन् । बाल्यकालको सम्झनाले अझै बोलाउ“छ ।
तर, त्यो घर अब सुनसान एक्लै छ, सुन्ने कोही छैन । मान्छे कामको खोजीमा खाडी पसे, हुनेखानेहरु सहर झरे । हामीलाई हुर्काएको यस स्थानसम्म पुर्‍याएको अनि हाम्रो अभावमा पनि माया दिइ बा“ध्ने आज उसैलाई एक्लोपन सजाय भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ भन्छन्‌–मानिस नै नभएकाले प्रदेशभित्र ८० प्रतिशत् बढी जमिन बाँझो छ । त्यस्ता जग्गा उपयोगमा ल्याउन तीन तहका सरकारबीच समन्वय आवश्यक छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि