17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकृषि मन्त्री श्रेष्ठको एक वर्षे उपलब्धि  पाउडर प्लान्ट सञ्चालन कार्यविधि निर्माणदेखि कृषि...
spot_img

कृषि मन्त्री श्रेष्ठको एक वर्षे उपलब्धि  पाउडर प्लान्ट सञ्चालन कार्यविधि निर्माणदेखि कृषि सहुलियतपूर्ण ऋण अनुदानसम्म

spot_img
सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्‌नो पहिलो
एक वर्षमा गरेका महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेका छन् । बिहीबार (हिजो) मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफू मन्त्री नियुक्त भएर आएपछि गरेका कामहरु सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेका ३६ बु“दे कार्यसम्पादनमा दूग्ध पाउडर प्लान्ट निर्माण गर्न कार्यविधि निर्माणदेखि कृषि सहुलियतपूर्ण ऋण अनुदानसम्म रहेका छन् । कृषि मन्त्री श्रेष्ठका अनुसार  किसानलाई सहज र प्रभावकारी सेवा दिन कृषि तथा पशु सेवा कार्यालय नरहेका जिल्लाहरूमा सेवा केन्द्र स्थापना गरिनुका साथै स्थानीय तहसँगको सहकार्यमा ७० वटा वडामा सामुदायिक आधारित कृषि कार्यक्रम सञ्चालन गरिएको छ । हरेक वडामा ४० लाख रुपैया“ बराबरको रकम विनियोजन गरिएकाले कृषकको आवश्यकतालाई वडास्तरमै सम्बोधन गर्न सहज भएको छ ।
दुग्ध क्षेत्रमा पनि प्रदेशले ऐतिहासिक पहल गरेको छ । हेटौंडामा दैनिक ६० हजार लिटर दूध प्रशोधन गर्ने क्षमताको प्लान्ट निर्माण सम्पन्न भइसकेको छ, जसले स्थानीयस्तरमा दूध संकलन, प्रशोधन, रोजगारी र उत्पादकत्वमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताइएको छ ।
पशु स्वास्थ्यलाई प्राथमिकता दि“दै १५ लाख ३२ हजार भेडाबाख्रामा पिपिआर रोगविरुद्ध खोप दिइएको छ भने गाई–भैँसीमा लम्पी स्किन रोग नियन्त्रणका लागि करिब ७२ हजार पशुमा खोप लगाइएको मन्त्री श्रेष्ठले बताए । चितवनको रामपुरमा बायोसेफ्‌टी लेभल–२ प्लस प्रयोगशाला स्थापना भई सञ्चालनमा आइसकेको छ भने सोही जिल्लामा भेटेरिनरी अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । एक वडा, एक पशु क्लिनिक कार्यक्रम अन्तर्गत २२ वटा भवन निर्माण भई स्थानीय तहलाई हस्तान्तरण गरिनु पनि उल्लेखनीय उपलब्धि रहेको कृषि मन्त्री श्रेष्ठले बताए ।
यता, मलको अभाव हुन नदिन युरिया ४० हजार २४२ मेट्रिक टन र डिएपी १७ हजार १५० मेट्रिक टन कृषकबीच वितरण गरिएको छ । ॅसहुलियत ब्याजमा कृषि कर्जा प्रवाहका लागि सरकारले अधिकतम १० प्रतिशत ब्याज अनुदान दिने नीति ल्याएको छ, जसले किसानलाई लगानी गर्न सहज बनाएको छ,’
मन्त्री श्रैष्ठले भने, ॅबीउ आत्मनिर्भर कार्यक्रम अन्तर्गत बीउ प्रशोधन गृह स्थापना गरिएको छ भने चितवनमा बीउ भण्डारण गृहको उद्घाटनसमेत गरिएको छ ।’ कृषि शिक्षा प्राप्त युवालाई व्यावसायिकरूपमा अघि बढाउने उद्देश्यले ८ देखि २२ लाख रुपैया“सम्म अनुदान दिइएको बताइएको छ जसअन्तर्गत २९ जना युवा लाभान्वित भएको मन्त्रीको दाबी छ ।
त्यसोत, पशुपन्छी क्षेत्रमा उत्पादनको स्रोत सुनिश्चित गर्न निजी क्षेत्रस“ग सहकार्यमा ९ वटा स्रोत केन्द्र स्थापना गरिएका छन् । कृषि र पशुपन्छी सम्बन्धी व्यवसायमा २६ साझेदारलाई प्रशोधन, भण्डारण तथा बजारिकरणका लागि सहुलियत प्रदान गरिएको उल्लेख छ । सिँचाइको पहुँच विस्तार गर्न २७६ वटा साना सि“चाइ आयोजना कार्यान्वयनमा ल्याइएको छ भने २ हजार ३८९ माटोको नमुना परीक्षण र ३ हजार ५३७ घुम्ती परीक्षण गरी किसानलाई सल्लाह प्रदान गरिएको  मन्त्रालयको दाबी छ ।
त्यसोत, चीनमा रा“गा–भैंसीको मासु निर्यातको पूर्वाधार तयार गर्न ॅखोरेत रोग जोनिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ, जुन प्रदेशको कृषि निर्यातमैत्री कदमका रूपमा हेरिएको पत्रकार सम्मेलनमा पशुपन्छी तथा मत्य निर्देनालयमा निर्देशक गौरीमान श्रेष्ठले बताए ।
कृषिको उत्पादन, बिक्री र वितरण प्रणाली सुधार गर्न हेटौंडामा निर्माण भएको प्रादेशिक कृषि थोक बजारको हस्तान्तरण प्रक्रिया अघि बढाइएको छ भने पा“च स्थानमा सूचना प्रविधिमा आधारित कृषि बजार केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । ती बजार केन्द्रहरूमा कृषि एम्बुलेन्स, विषादी परीक्षण प्रयोगशाला लगायतका सेवा पनि उपलब्ध हुने बताइएको छ ।
अनुदान वितरण र सेवा प्रवाहमा पारदर्शिता सुनिश्चित गर्न कृषि मन्त्री केदारनाथ श्रेष्ठले मन्त्रालय मातहतका ८७ कार्यालयहरूको स्थलगत अनुगमन गरेको बताइएको छ । कृषकमैत्री सेवा दिन निर्देशन दिइएको र अनियमितता तथा गुनासो आएमा कडा कारबाही हुने मन्त्री श्रेष्ठले बताए ।
यस बाहेक, दुग्ध चिस्यान केन्द्र र मत्स्य उद्योगमा विद्युत महसुलमा अनुदान, ४९० हेक्टर
केरा खेतीका लागि ७३ जना किसानलाई भाडा प्रोत्साहन, विषादी इजाजतपत्र प्रदेशमै नवीकरणको व्यवस्था, कृषि विशेष पकेट क्षेत्र घोषणा गरी सघन कार्यक्रम सञ्चालन, तथा लामो समयदेखि रिक्त रहेको दुग्ध विकास बोर्डमा उपाध्यक्षको नियुक्ति जस्ता थप उल्लेखनीय उपलब्धिहरू हासिल गरिएका छन् । मन्त्रालयले चालु अवधिमा ४ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको  मन्त्री श्रेष्ठले बताए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि