9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारानी वनमा वृक्षरोपण
spot_img

रानी वनमा वृक्षरोपण

spot_img
हेटौंडा/रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्‌नो वनक्षेत्रमा वृक्षरोपण गरेको छ । दशौं सामुदायिक दिवसको  अवसरमा समूहले चौघडा–मक्राञ्चुली कृषि सडकको दाया“बाया“ विभिन्न प्रजातिका बिरुवाको वृक्षरोपण गरेको हो ।
समूहले आ“प, एभोकाडो, लिची, अम्बा, कागतीलगायत २ सय ५० वटा बिरुवाको वृक्षरोपण गरिएको थियो । डिभिजन  वन कार्यालय मकवानपुरले बिरुवा उपलब्ध गराएको हो ।
हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् समूह अध्यक्ष केशब धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, समूह उपाध्यक्ष महेन्द्र श्रेष्ठ, समूहका पदाधिकारी, लेखा समिति, उपभोक्तालगायतको सहभागिता थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि