12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकम्प्युटर शिक्षकलाई अनलाइन बालसंरक्षण तालिम
spot_img

कम्प्युटर शिक्षकलाई अनलाइन बालसंरक्षण तालिम

spot_img
हेटौंडा/पछिल्लो समय बालबालिकामा अनलाइन दुरुपयोग बढ्दै गएको छ । बालबालिका अनलाइनमा बढी समय बिताउने भएको हु“दा सामाजिकसञ्जालमार्फत् बालबालिकामा यौन दुर्व्यहार बढ्दै गएको छ ।
यसलाई मध्यनजर गर्दै नेपाल सरकारले कम्प्युटरमा विषयमा अनलाइन बालसंरक्षण समावेश गरेको छ । हेटौंडामा कम्प्युटर विषय पढाउने शिक्षकहरुलाई सोही विषयमा तालिम दिइएको छ । पाठ्यक्रम विकास केन्द्रको आयोजना तथा सिविन नेपालको सहयोगमा उक्त कार्यक्रम भएको हो ।
सिविन नेपालका प्रवन्धक माधब लोहनीको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारीको प्रमुख आतिथ्यता थियो । पाठ्यक्रम विकासकर्ता तथा कम्प्युटर विज्ञानलेखक समेत रहेका बिमल थापाले मकवानपुरका ४१ शिक्षकलाई प्रशिक्षण दिएका थिए ।
मकवानपुर जिल्लामा कम्प्युटर विज्ञान विषय मावि तहमा संस्थागत् र सामुदायिक विद्यालय हेटौंडा उपमहानगरका ३८, मकवानपुरगढी गाउ“पालिकामा १ र मनहरीमा २ विद्यालय गरी ४१ विद्यालयमा कक्षा सञ्चालन हु“दै आएको छ । विद्यालयको कक्षा–९ र १० मा अध्यापन गर्ने ४० शिक्षकको उपस्थितिमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका विषयविज्ञ खिलनाथ धमला, शिक्षा विकास तथा समन्वय एकाईं प्रमुख सुदीप गिरी, राष्ट्रिय परीक्षा बोर्ड प्रमुख बद्री पाठक, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा अधिकृत हरिचन्द्र सापकोटा, मकवानपुरगढी शिक्षा विकास शाखा प्रमुख रामकुमार घलान, सिविन नेपाल मकवानपुर प्रवन्धक झविन्द्र ज्ञवाली, भुटनदेवी माविका सहायक प्रधानाध्यापक भरत पोखरेललगायतको उपस्थिति थियो ।
कम्प्युटर विज्ञान शिक्षकलाई पाठ्यक्रममा समावेश भएका विषयवस्तुहरु अनलाइनमा बालबालिकाहरुलाई कसरी संरक्षण गर्ने र यसका कानुनी व्यवस्था, रोकथामका उपाय र सचेतनाका विषय शिक्षकमार्फत् प्रवाह गर्न सहज हुने हुनाले उक्त कार्यक्रम गरिएको लोहनीले जानकारी दिए ।
सिविनले विगत ३ वर्षदेखि अनलाइनमा बालसंरक्षणसम्बन्धि अध्ययन/अनुसन्धान, बालबालिका, शिक्षक, स्थानीय सरकार, प्रहरी, प्रदेश सरकार र संघीय सरकारका विभिन्न निकायहरुस“ग छलफल, अन्तर्क्रिया, समन्वय र सहकार्य गर्दै आएको र पाठ्यक्रम विकास केन्द्रस“ग सहकार्य गरी यस विषयमा कार्यक्रम सञ्चालन गरि“दै आएको छ ।
सिविनको लामो समयको प्रयासपश्चात् सफल भएको सिविन मकवानपुर प्रवन्धक ज्ञवालीले जानकारी दिए । उनका अनुसारअनलाइन परियोजना दुई प्रदेशमा लागु भएकाले उक्त कार्यक्रम गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लामा गरिने छ । गण्डकी प्रदेशबाट सुरु भएको कार्यक्रम बागमतीका केही जिल्लामा सञ्चालन गरिने छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि