हेटौंडा/अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्वपूर्ण छ ।
यस वर्ष ॅहाम्रो आवाजः चेलीबेटी बेचबिखनमुक्त समाज’ भन्ने नारासहित दिवस मनाइएको हो । हेटौंडामा ११ औं अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसमा सचेतनामूलक कार्यक्रम भएको छ । दिवसको अवसरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि हेटौंडा–८, कमाने र १० नम्बर बसपार्कमा सचेतनामूलक कार्यक्रम भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी बसपार्क, सामुदायिक प्रहरी बसपार्क, माइती नेपाल, साना हातहरुलगायत स्थानीयको उपस्थितिमा कार्यक्रम भएको हो ।









