17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रदेशको सहयोगमा भक्तपुरमा डायलाइसिस
spot_img

प्रदेशको सहयोगमा भक्तपुरमा डायलाइसिस

spot_img
हेटौंडा/भक्तपुरको दूधपाटीमा रहेको भक्तपुर अस्पतालमा मृगौला रोगको उपचारका लागि डायलाइसिस सेवा सुरु भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले उक्त सेवा सुरु गरेका हुन् ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डायलाइसिस सेवा शुभारम्भ भएको हो । कार्यक्रममा मन्त्री थापामगरले मृर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी ५ मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको बताए ।
मन्त्री थापामगरले बागमती प्रदेशअन्तर्गत् १३ अस्पतालमध्ये ११ अस्पतालमा डायलाइसिस सेवा सुरु भइसकेको जानकारी दिए । स्वास्थ्य मन्त्री थापाले मन्त्रालयले निकट भविष्यमा बागमती डिजिटल हेल्थ कार्यक्रम सुरु गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले न्यूनतम् सेवा मापदण्डमा आधारित मूल्यांकन गर्दा भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भइसकेको र यो प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको बताइन् ।
अस्पताल निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले एउटा मेसिनलाई आकस्मिक सेवाका लागि राखी बा“की ४ मेसिनबाट दैनिक ३ सिफ्‌ट सञ्चालन गरी एकैदिन ३६ जनासम्म मृर्गौला फेल भएका बिरामीलाई डायलाइसिस सेवाप्रवाह गर्न सकिने बताए । भक्तपुर अस्पतालपरिसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भए पनि यसले मृर्गौला रोगीको चाप धान्न सकेको छैन ।
प्रत्यारोपण केन्द्रमा डायलाइसिस समय नपाएपछि दैनिक दर्जनौं बिरामी निजी क्लिनिकमा डायलाइसिस गराउन बाध्य छन् । निजीमा एकपटक डायलाइसिसको गरेको सामान्य शुल्क २ हजार ५ सयदेखि ५ हजार ५ सयसम्म पर्ने गर्दछ । महिनामा औसत ८ देखि १२ पटकसम्म डायलाइसिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउ“दा महंगो पर्दछ । वीर अस्पतालपछिको देशकै दोस्रो जेठो उक्त अस्पताल विगतमा रिफर सेन्टरका रुपमा सीमित रहेको भए पनि हाल प्रगति गरिरहेको छ ।
विगतमा संघअन्तर्गत् रहेको र हाल बागमती प्रदेश सरकारमातहत सञ्चालित भएपछि अस्पतालले आईसीयु, एनआईसीयु, एचडीयुसहित अत्याधुनिक शल्यक्रिया सेवासमेत प्रदान गर्दै आएको छ । अस्पतालमा डायलाइसिस सेवा विपन्न वर्गका लागि निःशुल्क हुने बागमती प्रदेशसभा पूर्वसदस्यसमेत रहेका अस्पताल विकास समिति अध्यक्ष शशीजंग थापाले बताए । जेठदेखि ८ करोड लागतमा अस्पतालले सिटी स्क्यान सेवासमेत सञ्चालन गर्न सफल भएको अध्यक्ष थापाले बताए । अस्पतालमा ल्याब रिपोर्ट पनि क्युआर कोडमार्फत् उपलब्ध हुने गरेको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि