17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबिजुलीकै कर्मचारीको अनुहार छैन चम्किलो
spot_img

बिजुलीकै कर्मचारीको अनुहार छैन चम्किलो

spot_img
हेटौंडा/नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालयपरिसरमा केही कर्मचारी शान्तिपूर्ण धर्नामा छन् । उनीहरुको अनुहारमा वर्षौंदेखिको थकान । अन्यायको पीडा र भविष्यको अनिश्चितता प्रष्ट देखिन्छ ।
जसले देशलाई उज्यालो बनाउन आफ्‌नो जीवनको ऊर्जाशील समय खर्चिए । तर, आज उनीहरु आफ्‌नै भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिन बाध्य छन् । उनीहरुको मुहारमा चम्किलोपन देखि“दैन ।
विगत २० वर्षदेखि प्राधिकरणमा ज्यालादारी कर्मचारीका रुपमा कार्यरत् दीपा अधिकारी आफ्‌नो पीडा पोख्दै भन्छिन्‌–जागिर खाएको २० वर्ष भयो । तर, हालसम्म मासिक नियुक्ति पाएका छैनौं । ३० दिन काम गर्दा २५ दिनको तलब आउ“छ । शनिबार बोलाए पनि त्यसको पैसा पाइ“दैन । हाम्रो पनि परिवार छ । बालबच्चा छन् । यो महंगीमा कसरी बा“च्ने ?
दीपाको कथा आन्दोलनमा सहभागी २ हजार ८ सयभन्दा बढी ज्यालादारी कर्मचारीको साझा पीडा हो । उनीहरुको मुख्य माग प्राधिकरण सञ्चालक समितिले २०७९ सालमा गरेको निर्णयको कार्यान्वयन हो । जसमा उनीहरुलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा रुपान्तरण गर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भनिएको थियो । तर, त्यस निर्णय केवल कागजमा सीमित रह्यो ।
हुन्छ–हुन्छ भन्दाभन्दै २० वर्ष बित्यो,’ दीपा भन्छिन्‌–अब त घर जाने बेला हुन लाग्यो । म ५८ वर्ष पुग्न लागें । हाल जागिरबाट निकालिदियो भने रित्तो हात जानुपर्छ । यतिका वर्षको हाम्रो योगदानको केही मूल्य छैन ? उनले दशैंमा बालबालिकालाई पेश्की आउ“छ भनेर पटकपटक ढा“टेको यथार्थ सुनाउ“दा उनको घा“टीमा खाना अड्किएजस्तै हुन्छ । उनी आफ्‌नो त्यस दुःख भन्नै सक्दिनन् ।
यी कर्मचारीको जिम्मेवारी सानो छैन । कोही कार्यालय सहयोगी छन्, कोही कम्प्युटर अपरेटर । कोही मिटर रिडिङ गर्छन् त कोही ज्यान जोखिममा राखेर बिजुलीको पोलमा चढ्छन् । कतिपय ठाउ“मा त ज्यालादारी कर्मचारीले नै पूरै शाखा चलाएका छन् । तर, उनीहरुको परिचय र अधिकार भने सधैं अस्थायी रह्यो ।
प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संर्घष समिति केन्द्रीय अध्यक्ष नरेन्द्र यादब भन्छन्‌–उज्यालो नेपालको सपना साकार पार्न हाम्रा कयौं साथीहरुले दुर्घटनामा परेर अंग गुमाए, कतिले ज्यानै गुमाए । पोलको टुप्पोबाट चरा खसे जसरी साथीहरु खसिरहेका छन्, तर हाम्रो कुनै मूल्यांकन भएन । उनीहरुले आफूहरुलाई स्थायी गर्न नभइ केवल मासिक नियुक्तिपत्र र सामाजिक सुरक्षा कोषको ग्यारेन्टीमात्र मागेको उनी बताउ“छन् ।
्‌
आन्दोलन गर्नुअघि व्यवस्थापनस“ग पटकपटक वार्ता र संवाद भए पनि हुन्छ, गर्छौं भन्ने आश्वासनबाहेक केही नपाएको उनीहरुको गुनासो छ । ॅविगतमा भएका सम्झौता र निर्णय कार्यान्वयन नभएपछि हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भयौं,’  यादबले भने–यदि प्राधिकरणलाई हामी आवश्यक छैन भने बिदा गरोस् । आवश्यक छ भने हाम्रो रोजगारको ग्यारेन्टी गरोस् । नेपाल विद्युत् प्राधिकरण दैनिक संघर्ष समिति बागमती प्रदेश समिति अध्यक्ष रमेश पराजुलीले पनि आफूहरुको पीडा प्राधिकरणले नसुनेको गुनासो गरे ।
उनका अनुसार प्राधिकरणले ८ घण्टा काम गर्नैपर्छ भनेर तोकेको छ । उनी भन्छन्‌–हामीले तोकेभन्दा बढी समय काम गर्नुपर्छ । यदि बत्ती गयो वा कतै विद्युत्‌को पोल ढल्यो भने ८ घण्टा काम गरेर आए पनि रातदिन जेसुकै होस् कुद्नुपर्छ । यो पीडा कसले बुझिदिन्छ । उनका अनुसार उनीहरुले पोलमा चढ्ने, मिटररिडिङ गर्ने, राजस्व संकलन गर्ने, कार्यालय सहयोगी र कम्प्युटर अपरेटरदेखि कतिपय स्थानमा पूरै शाखा चलाउनेसम्मको जिम्मेवारी सम्हालिरहेका छन् ।
तर, उनीहरुले जिल्ला दररेटअनुसार न्यूनतम् ज्यालामात्र पाउने गरेका छन् । जुन काठमाडौंमा ९ सय पाउने गरेकोमा र कैलाली कञ्चनपुर जस्ता जिल्लामा ६ सय ८५ रुपिया“मात्र पाउने गरेको कर्मचारीहरु बताउ“छन् । दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति उपमहासचिव गणेश खतिवडाले आफूहरुलाई व्यवस्थापनले भन्दा ग्राहकले बढी बुझेको अनुभव सुनाउ“छन् ।
उनले भने–एक ग्राहकले फोन गरेर भने सर, बत्ती छैन । हामी त एकछिन बत्तीबिना बस्न सक्दैनौं । रातदिन हामीलाई उज्यालो दिने तपाईंहरु यस्तो अन्यायमा हुनुहु“दो रहेछ । यदि व्यवस्थापनले सुन्दैन भने भन्नुहोस्, म ५ हजार ग्राहक लिएर तपाईंहरुको आन्दोलनमा समर्थन जनाउन आउ“छु ।
घटनाले कर्मचारीहरुलाई भावुक बनाएको छ । हामीले प्राधिकरणमात्र होइन, ग्राहकको काम गरेका रहेछौं भन्ने महसुस भयो,’ खतिवडा भन्छन्‌–ग्राहकलाई हाम्रो यति धेरै माया रहेछ, तर हामीलाई जन्माउने संस्थाले नै हाम्रो पीडा बुझेन । मधेश प्रदेशका कर्मचारी जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बा“धेर धर्नामा बसेका दैनिक ज्यालादारी कर्मचारी मधेश प्रदेश संघर्ष समिति अध्यक्ष शम्भु मिश्रले बताए ।
उनका अनुसार केन्द्रीय संघर्ष समितिको निर्देशनअनुसार मधेश प्रदेशमा कार्यरत् कर्मचारीले धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । हाल उनीहरुले एकाईंस्तरको आन्दोलन सकेर प्रदेशस्तरको धर्ना कार्यक्रम गरिरहेका छन् । प्राधिकरणको व्यवस्थापनस“ग वार्ताको प्रयास भए पनि ठोस निकास ननिस्किएको उनीहरुको भनाइ छ ।
यदि अब यहा“बाट पनि माग सम्बोधन नभए मेची–महाकालीका सबै ज्यालादारी कर्मचारीलाई काठमाडौं उतारेर केन्द्रीय कार्यालय घेराउ गर्ने र ऐतिहासिक युद्ध लड्ने उनीहरुको चेतावनी छ । जसले जोखिम मोलेर लाइन मर्मत गर्छन् । उसले महसुल उठाउन जाँदा उपभोक्ताको आक्रोश सामना गर्छन् । जसले देशको हरेक कुनालाई उज्यालो बनाउन आफ्‌नो पसिना बगाउँछन्, तिनै कर्मचारी आफ्‌नो जीवनको उत्तराद्र्धमा एउटा नियुक्तिपत्र र सामाजिक सुरक्षाको सामान्य अधिकारका लागि संघर्षरत् छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि