हेटौंडा/श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात् नाग वा सर्पको पूजा गर्ने दिन हो । आजको दिन विहानै उठी स्नान गरी दीप, कलश, गणेश पूजा गरी गोबरको नाग बनाइ नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरी ढोकामा टा“स्नाले सर्प वा नागको भय हु“दैन भन्ने धार्मिक मान्यता छ ।
नाग अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेषनाग आदिको चित्र टा“सिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टा“स्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहिआएको छ । स्कन्द पुराणअनुसार आज नागको पूजा गर्नाले मनोकामना पूर्ण हुन्छ भनी वर्णन गरिएको छ ।
श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भइ हिउ“द शुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास रह“दै आएको छ । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवाताको बास भए विधिवत्रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।
नाग पञ्चमीका दिन हिन्दु धर्मावलम्बीले दिनभर व्रत गरी सूर्यास्त भएपछि नाग देवताको मूर्तिमा विभिन्न सामान जस्तै फूल, प्रसाद तथा फलले पूजाआजा गरी प्रसाद बा“ड्ने तथा आफूले पनि लिने गर्दछन् । यसरी श्रावण शुक्ल पञ्चमीको दिन श्रद्धा तथा भक्तिसाथ मनाइने यस पर्व हिन्दुधर्मावलम्बीहरुले धुमधामसाथ मनाउने गर्दछन् । नाग पञ्चमीमा नागको पूजा गर्दा पाठ गरिने नाग स्तोत्र यस प्रकार छः
व्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास् ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा ।
इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस् ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा ।
कंगबेयाश्च ये सर्पास् मातृभक्ति परामा ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा ।
इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस् ।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा ।
सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता ।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा ।
मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस् ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा ।
प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा ।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा ।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा ।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस् ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा ।
रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास् ।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा ।