17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासामाजिक आन्दोलन जसले दिन्छ आशाको आत्मनिर्भरता
spot_img

सामाजिक आन्दोलन जसले दिन्छ आशाको आत्मनिर्भरता

spot_img
मञ्जिता मैनाली
हेटौंडा/नेपालमा सामाजिक समस्या जस्तै लागुपदार्थ दुरुपयोग, बेरोजगारी, मानसिक स्वास्थ्य समस्या र युवाको निराशा दिनप्रतिदिन गहिरि“दै गइरहेका बेला यस्ता समस्या समाधान गर्ने प्रयास कमै देखिन्छन् ।
तर, त्यही अ“ध्यारोभित्रबाट उज्यालोको एक दियो बनेर उदाएका छन् सामाजिक अभियन्ता सौजन डीसी । समाजमा सकारात्मक परिवर्तन ल्याउने युवा डीसी देशका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी हाल सिआन पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक छन्, जहा“ उनको कुशल नेतृत्वमा संस्थाले पुनर्स्थापना क्षेत्रको कार्यशैलीमा आमूल परिवर्तन
ल्याएको छ ।
३३ वर्षीय डीसीले सियान पुनर्स्थापना केन्द्रमार्फत् लागुपदार्थ तथा मदिरा दुर्व्यसनको समस्यामा फसेका हजारौं युवालाई पुनर्जीवनको नया“ सुरुवात गर्न सहयोग गरिरहेका छन् । उनको नेतृत्वमा उक्त संस्थाले हाल एक सय व्यक्तिलाई आवासीय पुनर्स्थापना र १ सय १७ व्यक्तिलाई क्षति न्यूनीकरण सेवा प्रदान गरिरहेको छ भने सयौं परिवारस“ग नियमित सम्पर्कमा रही हेरचाहपछि सेवा उपलब्ध गराउ“दै आएको छ । हालसम्म २ हजार ७ सयलाई सेवाप्रवाह गरिसकेको छ ।
यो सफलताको मूल केन्द्रमा डीसीको दृष्टिकोण, समर्पण र समाजप्रति रहेको प्रतिबद्धता रहेको छ । यो केवल एक पुनर्स्थापना संस्थामात्र होइन, यो धेरैको जीवनमा आशा, आत्मविश्वास र भविष्य निर्माणको विश्वास बनेको छ । सिआन पुनर्स्थापना केन्द्रको सुरुवात २०७३ सालमा ७५ हजारको सानो कोषबाट भएको थियो ।
तर, हाल डीसीको दुरदृष्टि, कडा मेहनत र सामाजिक सेवाप्रति समर्पणका कारण संस्थाले सामाजिक उत्तरदायी व्यवहारस“गै करोडमाथि वार्षिक सेवाउन्मुख लेखापरीक्षण गर्ने गरेको छ । यी सबैको जस भने डीसी समुदायलाई दिन्छन् । समुदायस“गको सम्बन्ध पनि उनको उत्तिकै बलियो छ । हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडाभित्र उनको दृष्टिकोण र व्यवहारको प्रशंसा गर्ने समुदायस“ग हरेक वर्ष उनको र संस्थाको चाडबाडसमेत स“गै बित्ने गर्दछ ।
उनले लागुऔषध दुर्व्यसन उपचारको पुरानो सोच र ढा“चा परिवर्तन गर्दै संवेदनशील, अधिकारमैत्री र व्यवहारिक पुनर्स्थापना कार्यक्रम सञ्चालन गरेका छन् । सामाजिक समावेशीता, मानसिक स्वास्थ्य समर्थन, पेशागत् तालिम, र आत्मनिर्भरता विकासको अवधारणालाई उनले पुनर्स्थापना कार्यक्रमको केन्द्रमा राखेका छन् ।
२०२४ को जुन २६ मा गृह मन्त्रालयद्वारा सियान पुनर्स्थापना केन्द्रलाई ॅकार्यकुशल पुनर्स्थापना संस्था’ का रुपमा सम्मानित गरियो । उक्त सम्मान केवल संस्थाका लागि होइन, सम्पूर्ण सामाजिक परिवर्तनका लागि एउटा उदाहरण र प्रेरणा हो । डीसीको एउटा महत्वपूर्ण योगदान भनेको पुनर्स्थापना सेवा दिइरहेकामात्र होइन, पूर्व दुर्व्यसनीमै रोजगारी सिर्जना गर्नु हो । सिआनमा १२ जना पूर्वदुर्व्यसनी र २ जना सामान्य कर्मचारी स्थायीरुपमा कार्यरत् छन् । उनले प्रमाणित गरे कि पुनर्स्थापना केवल उपचार होइन, यो सम्मानजनक जीवनको पुनर्निर्माण हो ।
उनी हाल सानासाना आम्दानीमुखी परियोजनामा नयाँविचार ल्याउँदै छन्‌–पुनर्स्थापना अवधिमा सिप तालिम, बगैंचा, तरकारी खेती, पशुपालन, विविध सामग्री उत्पादन र सामाजिक व्यापारिक मोडेलमार्फत् संस्थाको आत्मनिर्भरता निर्माण गर्दैछन् । उनी भन्छन्‌–सामाजिक कामलाई निरन्तरता दिन संस्थालाई आत्मनिर्भर बनाउनु अत्यावश्यक छ । अनुदानको भरमा मात्र टिकी रहनु दीर्घकालीन समाधान होइन ।
नेपाल जस्ता विकासोन्मुख देश, जहा“ रोजगारी अभाव, युवापलायन र लागुपदार्थ समस्याको संकट विकराल बन्दै गइरहेको छ, त्यहा“ डीसीजस्ता सामाजिक व्यक्ति नै परिवर्तनका वास्तविक संवाहक हुन् । सरकार र स्थानीय तहले यस्ता युवालाई वित्तीय, नीति तथा कानुनी, तालिम तथा प्रविधिको पहु“चमा सहयोग गर्नुपर्छ । डीसीजस्ता युवा सामाजिक नेता देशका मेरुदण्ड हुन् । उनीहरुले देखाएको साहस, समवेदना र समाधानमुखी सोचले समाजमात्र होइन, राष्ट्र नै अघि बढ्छ । राज्यले यस्ता पहललाई प्रोत्साहन र सहकार्य गर्नुपर्छ ।
देशको विकास केवल भौतिक संरचनाले होइन, यस्ता युवा समाजसेवीद्वारा पनि सम्भव हुन्छ । डीसीजस्ता सामाजिक व्यक्तिलाई सरकारले नीति, सहयोग र अवसर दिनुपर्छ । उनीहरुको योगदानले समुदायमात्र होइन, राष्ट्र नै बलियो हुन्छ ।
डीसीले देखाएको उद्यमशील सोच, पुनर्स्थापना सेवाको गुणस्तर, समुदायप्रतिको समर्पण र रोजगारी सिर्जना गर्ने क्षमताले नेपाल सरकारको ध्यान खिच्नुपर्ने समय आएको छ । उनको अभियानमा अझ धेरै नवप्रवर्तनशील योजना आइरहेका छन्‌–साना स्तरबाट सुरु गरिएका आम्दानीमुखी परियोजनाले ठूला सामाजिक परिवर्तन ल्याउने सम्भावना बोकेका छन् । डीसीले नेतृत्व गरेको सिआन पुनर्स्थापना केन्द्र केवल उपचार केन्द्र होइन, एक उदाहरणीय सामाजिक आन्दोलन हो, जहा“ पीडाबाट आशामा आत्मनिर्भरतातर्फ यात्राको मार्गचित्र बन्दै गरेको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि