काठमाडौं/सरकारले प्रत्येक साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने भएको छ । असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकका निर्णयहरु सुनाउ“दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपिया“ दरको नया“ बैंक नोट प्रकाशनका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको बताए ।
विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त हुने थप १०.८ मिलियन अमेरिकी डलरबराबर अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१/०८२ का लागि उखु उत्पादक कृषकलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल ३५ कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरिएको छ ।









