हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको सेट परिवर्तन हुने सम्भावना बढेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको कामकारबाहीबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असन्तुष्ट छन् ।
र, उनी मुख्यमन्त्रीमा मकवानपुरका युवा नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने निष्कर्षमा पुगिसकेको कांग्रेसको देउवा समूहका एक केन्द्रीय सदस्य बताउँछन् । स्रोतका अनुसार कांग्रेस सभापति देउवा बागमती प्रदेशको बजेट पारित हुनासाथ मुख्यमन्त्रीदेखि मन्त्री परिवर्तन गर्ने र बानिया“को नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगिसकेका छन् ।
लामास“ग असन्तुष्ट रहेका देउवालाई असार १ गते आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले प्रस्तुत गरेको बजेटले झन् आक्रोशित बनाएको छ । काफ्लेले बजेटमा गरेको अचाक्लीले पनि देउवालाई थप चिढ्याउने काम गरेको बताइएको छ । काफ्लेले पहिरो नियन्त्रण, पर्यटन पदमार्ग जस्ता कमिसनमुखी योजना बनाएर तिनमा मात्र बजेटको ठूलो हिस्सा छुट्याएको आराप लगाइएपछि कांग्रेसवृत्तमा त्यसलाई ॅटंकी बजेट’ को संज्ञा दिइएको छ । टंकी अर्थात् काम नै नगरी भुक्तानी दिने र ५० प्रतिशत् मन्त्री काफ्लेले नै लिने गरी यस्ता अनावश्यक शीर्षकमा बजेटको ठूलो हिस्सा छुट्याइएको आरोप हो ।
मुख्यमन्त्री लामालाई हटाउन पहिला उनलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने हुन्छ । संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर हटाउने बाटो रोज्नु भन्दा उनलाई राजीनामा गराउने विकल्पमा प्रयास भइरहेको बताइएको छ । तर, लामा भने सहज राजीनामा गर्ने पक्षमा छैनन् । बानिया“ पक्ष त्यसै छाडने पक्षमा छैन । आर्थिक वर्ष सकिएस“गै लामाले बानिया“लाई पद हस्तान्तरण गर्ने लिखित सहमति गरिएको जिकिर बानियाँ पक्षको छ ।
लामा र बानियाँ दुवै सभापति देउवानिकट हुन । कांग्रेसले बागमती सरकारको नेतृत्वसहित मन्त्रीको सेट परिवर्तन गरिने भएकाले एमालेका पनि परिवर्तन हुने चर्चा छ ।









