हेटौंडा/निजी तवरबाट धुलिखेल नगरपालिका वडा नम्बर–३, बा“सघारीमा सञ्चालित बालगृहले स्थायी स्रोत र दाता नहु“दा सञ्चालनमा कठिनाइ भएको बताएको छ ।
स्थानीय समाजसेवी, व्यवसायी र दाताको सहयोगमा सञ्चालित सहारा बालगृहले सोमबार धुलिखेलमा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा सञ्चालकहरुले यस्तो दुःखेसो पोखेका हुन् । बालगृहलाई नियमित सहयोग गर्दै आएकी स्थानीय व्यवसायी एवम् समाजसेवी ज्योत्सना सैंजुले १० जना बालिकाले आश्रय लिइरहेको बालगृहले आर्थिक संकट र स्रोतको अभाव झेलिरहेको बताइन् ।
मानवीय सेवाभावले खोलिएको बालगृह सञ्चालन गर्न सरकारले ल्याएको नया“ मापदण्डका कारण कठिनाइ भइरहेको उनले बताइन् । ॅहाल संस्थामा विदेशी दातृ निकायको सहयोग नियमित छैन । हामी सञ्चालकहरुले नै पैसा उठाएर दुःखजिलो सञ्चालन गरिरहेको छौं,’ उनले भने–मैले सञ्चालन गरेको होटलको पर्दा, कुर्सी मर्मतसम्भार गरेर प्रयोग गरिरहेका छौं, लिलामी निस्केका सामान सकारेर पनि बालगृहलाई आवश्यक सामानको जोहो गर्ने गरेका छौं । केही सहृदयी मनले सहयोग गरेको आधारमा मात्र बालगृह चलिरहेको छ ।
लेखापरीक्षक हेमराज काफ्ले र सामाजिक परीक्षणकर्ता हरिबोल काफ्लेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ५ लाख ९८ हजार आम्दानी गरेको सहाराको सञ्चालन खर्च ६ लाख ९ हजार छ । दातृ निकायका प्रतिनिधि भाइराजा श्रेष्ठले नेपाल आउ“दा जापानका केही दाताले बालगृहलाई सहयोग गर्ने गरे पनि कोरोनापछि त्यस क्रम रोकिएको बताए । ट्रेकिङ व्यवसायमा रहेका उनले नेपाल आउने केही जापानीलगायत पर्यटकले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि यकिन भने भइनसकेको बताए । बालगृहलाई सहयोग गर्दै आएका स्थानीय अभिभावक गोबिन्दबहादुर घिमिरेले समुदायले बेलाबखतमा गर्ने सहयोग पर्याप्त नहुने भन्दै दातृ निकायले सहयोग गर्न नसक्ने अवस्थामा स्थानीय सरकारले सञ्चालनको जिम्मेवारी लिनुपर्ने बताए ।
धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जुश्रेष्ठले मानवीय सेवा सबभन्दा ठूलो पुण्यको काम भएको तर्क गर्दै बालश्रममुक्त शहर बनाउने अभियानमा रहेको बालमैत्री शहर धुलिखेलले बालगृहमा रहेका १० बालिकाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिवद्धता जनाए । स्रोतको अभाव नहुने प्रतिवद्धता जनाउ“दै उनले अन्य दातृ निकायका साथै स्थानीय सरकारले यसको सम्पूर्ण जिम्मेवारीबहन गर्ने बताए ।









