हेटौंडा/वातावरण जोगाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै हिमालयन राइडर्स सोसाइटी हेटौंडाले ६ जनालाई सम्मन गरेको छ ।
२४ वर्षदेखि निरन्तर दैनिक कामकाजका निम्ति साइकल सवार गरिरहेका पत्रकार गोबिन्द न्यौपाने, ३० वर्षदेखि साइकल सवार हेटौंडा–६ रामनगर निवासी स्कुल अफ मेनेजमेन्टमा कार्यरत् आइतमान मुक्तान, सिटी कलेज हेटौंडामा कार्यरत् १४ वर्षदेखि साइकल सवार हेटौंडा–६ निवासी रामप्रसाद पोखरेल, सिटी कलेजका शिक्षक सिन्धुपाल्चोक चौतारा निवासी ३ वर्षदेखि निरन्तर साइकल सवार लक्ष्मण तामाङ, रिलायन्स सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययनरत् हेटौंडा–५ पिप्ले निवासी दीक्षान्त सुबेदी र १४ वर्षदेखि साइकल सवार हेटौंडा–४ निवासी मकवानपुर क्याम्पसका प्राध्यापक जयराम गौतमलाई सम्मान गरिएको हो ।
शनिबार उनीहरुलाई हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देल, साइकल स“स्कृति समुदाय नेपालका अध्यक्ष डा. तारालाल श्रेष्ठ र सोसाइटीका अध्यक्ष राजु थापामगरलगायतले प्रशंसापत्रले सम्मानित गरेका हुन् । शनिबार २७ किलोमिटर साइकलयात्रा पनि गरिएको थियो ।









