हेटौंडा/बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालको आयोजनामा विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिस“ग समन्वयात्मक बैठक भएको छ ।
मनसुजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुस“ग समन्वयात्मक छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै मन्त्री सुरजचन्द्र लामिछानेले गत असोजको घटनाबाट पाठ सिकेर आवश्यक पूर्वतयारीमा जुटिरहेको बताएका हुन् ।
उनले गत वर्षको असोजमा आएको बाढीले झन्डै १२ अर्ब बराबर क्षति पुर्याएको भन्दै यस वर्ष उच्च सतर्कतासाथ विपद् जोखिम न्यूनीकरणमा जुटिरहेको बताए । सबै जिल्लाका सुरक्षा निकायलाई हाइअलर्टमा बस्न निर्देशन दिइएको मन्त्री लामिछानेको भनाइ छ ।
उनले विपद् व्यवस्थापनका लागि प्रदेश एक्लैले नसक्ने उल्लेख गर्दै संघ र प्रदेश सरकारबीच आवश्यक सहकार्य र समन्वयको आवश्यकता रहेको बताए । उनले विपद् व्यवस्थापनका लागि संघ सरकारस“ग पटकपटक बजेट माग गरिएको भए पनि गृह मन्त्रालयले पर्याप्त सहयोग नगरेको बताए । उनले प्रदेशमा समेत विपद्का लागि बजेट नछुट्याउने चलन रहेकोमा यस वर्ष आफ्नै पहलमा १० करोड विनियोजन गरिएको बताए । उनका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् परिषद्को बैठकले गरेका निर्णयसमेत हालसम्म कार्यान्वयनमा आएका छैनन् ।









