हेटौंडा/मकवानपुर प्रहरीले बकैया गाउ“पालिकामा छापा मारेर नगद ८ लाखसहित २२ जुवाडेलाई पक्राउ गरेको छ । गाउ“पालिका–५, राजदमारबाट हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा नगद ८ लाख ३६ हजारसहित २२ जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरबारीबाट सिनियर प्रहरी अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले शुक्रबार राति १ बजे बकैया गाउ“पालिका–५ बस्ने मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा घरधनी थिङसहित हेटौंडा–८, ९, १६ र १८ का केही व्यक्ति, सिन्धुलीको दुधौली, कमलामाई, रौतहटको बोधीमाई, गौर र मकवानपुरको बागमती गाउ“पालिका स्थायी ठेगाना भएका रहेको जनाइएको छ । प्रहरीले जुवा खालबाट ३ सेट कौडासहित नगद बरामद गरेको जनाइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा मकवानपुरको बकैया–५ राजदमार बस्ने वर्ष ४६ का थिङ (घरधनी), हेटौंडा–१८ बस्ने वर्ष ४५ का कमल थापा, सिन्धुली दुधौली नपा–२ बस्ने वर्ष ३७ का कैलाश धामी, हेटांैडा–८ कमाने बस्ने वर्ष ५३ का फणिन्द्रप्रसाद घिमिरे, हेटौंडा–१६ हटिया बस्ने वर्ष ४६ का रमेश महत, बागमती गापा–६ पाथीभरा बस्ने वर्ष ४५ का शेरबहादुर राना र वर्ष ३३ का दीपक दोङ छन् ।
झुरझुरे बस्ने वर्ष ४६ का रवि चौधरी, रौतहटको गौर नपा–९ बस्ने वर्ष ५५ का ईश्वर चौधरी, बकैया–७ बस्ने वर्ष ३८ का रोहन लुङ्बा, हेटौंडा–४ हुप्र बस्ने वर्ष ५२ का कृष्ण लामा, बागमती गापा–७ बस्ने वर्ष २२ का विजय तामाङ, रौतहट बोधीमाई नपा–८ बस्ने वर्ष ३५ का विजय साहकलवार, बकैया–४ जुरेली बस्ने वर्ष ५५ का गेहेन्द्र थिङ, बागमती–७ बस्ने वर्ष ४० का राजकुमार फुया“ल, वडा–५ बस्ने वर्ष ३० का अणराज राउत, सिन्धुली मरिन गापा–३ बस्ने वर्ष ४९ का बेनीबहादुर मुक्तान पनि पक्राउ परेका छन् ।
सोही स्थान बस्ने वर्ष ४३ का उमेश माझी, कमलामाई नपा–१० बस्ने वर्ष ५५ का शेरबहादुर थापा, हेटौंडा–९ लामसुरे बस्ने वर्ष ३७ का दिनेश लामा, हेटौंडा–८ कमाने बस्ने वर्ष ३६ का चितबहादुर पाख्रिन र हेटौंडा–१८ ठुलोदमार बस्ने वर्ष ३५ का अशोक श्रेष्ठ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।









