हेटौंडा/मकवानपुरको राक्सिराङ गाउ“पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७९ दशमलव ७४ प्रतिशत् बजेट खर्च गरेको छ । चालु वर्षको कारोबार हुने अन्तिम मिति बुधबारसम्म ४७ करोड ५० लाख ३५ हजार बजेट खर्च भएको गाउ“पालिकाले जानकारी दिएको हो ।
पालिकाले चालु वर्षका लागि कुल ५९ करोड ५७ लाख २३ हजार बजेट विनियोजन गरेको थियो । राक्सिराङले विनियोजन गरेको चालु खर्चतर्फ ८१ दशमलव ०९ र पु“जीगत्तर्फ ७७ दशमलव ५२ प्रतिशत् खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले जानकारी दिए । चालुतर्फ ३७ करोड १४ लाख ५३ हजार विनियोजन गरिएकोमा ३० करोड ११ लाख ९५ हजार खर्च भएको छ भने पु“जीगत्तर्फ २२ करोड ४२ लाख ७० हजार छुट्याइएकोमा १७ करोड ३८ लाख ४५ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।









