हेटौंडा/बाराको पथलैया तथा अमलेखगञ्जबीच पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले केही दिनदेखि बाघ अनियन्त्रितरुपमा रहेको भन्दै यस सम्बन्धमा भए/गरेका कामहरुको विवरणसहित स्थानीयलाई सतर्क गराएको छ ।
असार ४ गते जितपुरसिमरा उमपा वडा–२२ मा समस्याग्रस्त पाटेबाघबाट स्थानीय चन्द्रबहादुर भ्लोनको मृत्यु भएको डिभिजन वन कार्यालय तथा प्रहरीबाट जानकारी पाएलगत्तै ५ गते डिभिजन वन कार्यालय बाराको अनुरोधमा समस्याग्रस्त बाघको नियन्त्रण तथा गतिविधिलाई निगरानी गर्न क्यामेरा ट्रयाप राख्न सहयोग गरेको र निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन कार्यालयको सीमाआसपास ८ वटा क्यामेरा ट्रयाप राखिएको उल्लेख गरिएको छ । तर, हालसम्म उक्त समस्याग्रस्त बाघ देखापरेको भने छैन ।
निकुञ्जले समस्याग्रस्त बाघ नियन्त्रणका लागि असार ६ गते चितवनबाट डर्टिड प्राविधिक टोली झिकाएको र लगातार ६ दिनसम्म खोज्दा पनि बाघ फेला नपरेकाले टोली चितवन फर्केको थियो । टोली फर्किएलगत्तै अमलेखगञ्ज–२१ मा पुनः बाघको आक्रमणबाट पशुधनमा क्षति भएपछि वडाबासी र वडा अध्यक्षसहितले निकुञ्ज कार्यालयप्रति आक्रोश पोखेका
थिए । जुन विषय उक्त क्षेत्रका आमउपभोक्ता र जनमानसमा चासो र त्रासको विषय बन्न पुग्यो ।
प्रजिअसहित निकुञ्ज कार्यालयमा बसेको बैठकमा बाघ देखिनु समस्या होइन भन्दै निकुञ्ज प्रमुख रामचन्द्र खतिवडाले समस्याग्रस्त बन्यजन्तु नियन्त्रण सम्बन्धमा भए/गरेका कामहरुबारे आफ्नो कार्यालयमा जानकारी गराएका थिए ।
हाल पुनः चितवनबाट डर्टिड प्राविधिक टोली झिकाएर परिचालन गरिएको छ भने निकुञ्जले डिभिजन वन कार्यालयको समन्वयमा सर्च आफ्नो कार्यालयबाट अपरेसन प्राविधिक टोलीसमेत खटाएको छ । समस्याग्रस्त बाघ नियन्त्रणअन्तर्गत् हात्तीसहित सुरक्षा गस्ती पनि डिभिजन वन कार्यालयको सामुदायिक वनआसपास परिचालन गरिएको छ । निकुञ्जमातहत उपभोक्ता समितिमार्फत् पनि सचेतनामूलक कार्यक्रम गरी सहअस्तित्व, सतर्कता र जोखिम न्यूनीकरणका विषयहरुमा निरन्तरता दिइ“दै आएको छ ।
निकुञ्जमा डार्ट प्राविधिक टोलीसहित रेस्क्यु युनिटसमेत तैनाथ गरिएको छ । कार्यालयबाट मानव क्षति, पशुधन क्षति हुन नदिन अनेक उपाय र प्रयासहरु गरिरहे पनि उपभोक्ता तथा सर्वसाधारण पनि आफैंमा सतर्क र सचेत हुनुपर्ने खा“चो औंल्याइएको छ ।
बाघको बासस्थान रहेका ५ वटा राष्ट्रिय निकुञ्जमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धिदर सबभन्दा उत्कृष्ट देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बाघको संख्या वृद्धिदरमा पर्सा राष्ट्रिय निकुञ्ज सबभन्दा राम्रो देखिएको हो । पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले पर्सा राष्ट्रिय निकुञ्जभित्र बाघको बासस्थानका लागि उपयुक्त वातावरण बन्दै गएकाले यसको संख्या पनि ह्वात्तै बढेको बताए ।
ॅबाघको बासस्थान क्षेत्रको सुधार, वन्यजन्तुलाई पिउने पानीको व्यवस्था र वयस्क बाघको संख्या अधिक भएकाले पनि पर्सा निकुञ्जमा बाघको वृद्धिदर राम्रो भएको हो,’ उनले भने । बाघको संख्या बढाउन पर्सा निकुञ्जले पछिल्लो समय हलखोरिया दहको सफाइ, पुराना २ दर्जनभन्दा बढी पोखरी पुनर्निर्माण र बाघको आहारा प्रजातिका वन्यजन्तुका लागि घा“से मैदान विस्तार र बासस्थान क्षेत्रको समेत विकास गरेको छ ।
उनले बाघको संख्या सोचेको भन्दा राम्रो गरी बढेको बताए । हामीले दोब्बरसम्म पुर्याउने लक्ष्य राखेका थियौं । तर, जुन हिसाबले वृद्धि भयो, यो अत्यन्त सकरात्मक र सन्तोषजनक छ,’ उनले भने–बासस्थान क्षमताअनुसार पानी र घा“से मैदान बढाउन सकियो भने बाघको संख्या अझ बढ्न सक्छ ।









