17.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडादुई हजार तलब थापेकी उनी बनिन् सफल उद्यमी
spot_img

दुई हजार तलब थापेकी उनी बनिन् सफल उद्यमी

spot_img

हेटौंडा/हेटौंडा–२ स्थित सुष्माज ब्युटी एकेडेमी १५ वर्षदेखि सञ्चालनमा छ । हेटौंडा–१७, हटियाकी सुष्मा थापामगरले एसएलसीपछि सिपविकास तालिम केन्द्रमा तालिम लिएर आफंै उद्यमी बन्न सफल भएकी हुन् ।

उनले करिब ३० हजार लगानीमा पार्लर सञ्चालनमा ल्याइएकी थिइन् । २०६६ सालमा एसएलसी सकेर सिपविकास तालिम केन्द्रमा ६ महिना निःशुल्क तालिमपश्चात् केही समय पार्लरमा दुई हजार तलबमा काम गरी आफ्‌नै व्यवसाय गर्ने साहस गरेकी उनी कडा मेहनत र परिश्रमले सफल उद्यमी बन्न सकेको बताउँछिन् ।

- Advertisement - Ad Banner

‘हटियादेखि करिब १५ किलोमिटर पर हेटौंडा बजारको कलेज व्यवसाय गर्न खोज्नु मेरा लागि चुनौती थियो । कतिपटक हार मानेर विदेशिन खोजें,’ उनले भनिन्‌–अन्ततः नेपालमै सक्षम व्यवसायीमात्र नभएर सक्षम प्रशिक्षक पनि बन्न सफल भएकी छु । १५ वर्ष अवधिमा करिब ६ हजार भन्दा बढीलाई तालिम दिएर सक्षम बनाएकी उनले लगभग ३० जनाले आफैं पार्लरव्यवसाय सुरु गरिसकेको भन्दै आफ्‌नो कामबाट सन्तुष्ट भएको बताइन् ।

पार्लरमा मकवानपुरसहित पर्सा, सर्लाही, कैलाली, राजबिराज र बारालगायत थुप्रै स्थानबाट सिक्न महिला आउने गरेको र सिप सिकाएर सन्तुष्ट पारेर पठाउने गरिएको उनी सुनाउँछिन् । उनी भन्छिन्‌–युवा विदेश जानु नपरोस् र आफ्‌नै देशमा केही गर्न सकुन् भन्ने उद्धेश्यले आफंै तालिम लिएर सफल व्यवसायी हुन सकेका कारण सबैको आँट र हौसला बनेस“गै सिप सिक्ने अवसर प्रदान गरेकी छु । आफ्‌नो व्यवसायबाट घरपरिवारसँंगै समाजसेवामा समेत सहयोग गरेको उनी बताउँछिन् ।

निकै परिश्रम गरेर सफल उद्यमी बनेकी सुष्मा भन्छिन्‌–चाहना राख्यौं भने नेपालमै अवसर निकै छन् । विदेशमा गएर परिश्रम गर्नु भन्दा आफ्‌नै देशमा परिश्रम गरेर सफल हुनु राम्रो कुरा हो । जसरी म आज सफल भएकी छु । सुष्माज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोले स्थापनाको १५ औं वर्षगाँठ बिहीबार मनाएको थियो । बागमती प्रदेशकी उद्योग मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा उनले भव्यरुपमा दिवस मनाएकी थिइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि