12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘ग्रेलिस्ट नियन्त्रण गर्न नसक्दा व्यवसायीलाई समस्या’
spot_img

‘ग्रेलिस्ट नियन्त्रण गर्न नसक्दा व्यवसायीलाई समस्या’

spot_img

हेटौंडा/मकवानपुरका सुनचा“दी व्यवसायीको आन्दोलन जारी छ । देशभर जारी आन्दोलनमा मंगलबार मकवानपुरका व्यवसायीहरुले मकवानपुरको हेटौंडा बजारको मुख्य चोक बुद्धचोकमा आफ्‌ना माग प्लेकार्डमार्फत् प्रदर्शन गरी शान्तिपूर्णढंगले आन्दोलन गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनचा“दी व्यवसायमा थपेको करको विरोधमा मकवानपुरका सुनचा“दी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । यसस“गै सुनचा“दी व्यवसायी महासंघको अगुवाइमा देशभरका सुनचा“दी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । मकवानपुर जिल्लामा दर्ता भइ सञ्चालनमा रहेका कुल १ सय ७२ सुनचा“दी पसल छन् ।

- Advertisement - Ad Banner

सरकारको आगामी बजेटमा सुनका गहनामा ६.१२ प्रतिशत् र हीरा तथा बहुमूल्य रत्नजडित गहनामा १३ प्रतिशत् कर थप गरेको छ । संघका महासचिव राजकुमार रसाइलीले सरकारको निर्णय मुलुकी देवानीसंहिता २०७४ को धारा २५६ विपरीत रहेको दाबी गरे । यसले आम उपभोक्तामाथि आर्थिक भार थपेको उनले उल्लेख गरे ।

उनी भन्छन्‌–सरकारको करवृद्धिले कानुनी मर्यादाविपरीत व्यापारलाई धक्का दिनेमात्र नभइ सर्वसाधारण उपभोक्तामा अनावश्यक बोझ थोपरेको छ । रसाइलीले उच्च धनाढ्य र तस्करहरुका कारण नेपाल ग्रेलिस्टमा परेको अवस्थामा सरकारले उनीहरुलाई नियन्त्रण गर्न नसकी उल्टै व्यवसायी र उपभोक्तालाई समस्यामा पारेको बताए । संघले असार २२ देखि २७ गतेसम्मका लागि चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । संघले आइतबार जिल्ला प्रशासन कार्यालयमा सांकेतिक प्रदर्शनबाट आन्दोलन सुरु गरेको हो । सोमबार व्यवसायीले आन्तरिक कार्यालय हेटौंडापरिसरमा धर्ना दिएका थिए ।

व्यवसायीले मंगलबार हेटौंडा बजार क्षेत्रका मुख्य स्थानहरुमा जिंगल बजाउ“दै विरोध र्‍याली निकालेका छन् । बुधबार मोटरसाइकलर्‍याली निकाली बजारका विभिन्न स्थान परिक्रमा गरी कोणसभामा परिणत गर्ने र आन्दोलनको समापनमा बिहीबार र शुक्रबार काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको खबरदारीसभामा भाग लिने कार्यक्रम रहेको संघ महासचिव रसाइलीले बताए । व्यवसायीले यसअघि पनि आन्दोलन गर्दै असार १२ मा सम्पूर्ण व्यवसाय बन्द गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि