रसुवा/जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भुभागमा भारि वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशआसपास नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टा अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुटमात्र वर्षामापन भएको जानकारी दिए । ॅत्यति ठूलो बाढी नै जाने गरी दुवैैतर्फ ठूलो वर्षा भएकै छैन । न्यूनचापीय रेखा पनि सरदर आसपासमा नै छ,’ उनले भने–के कारण बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेरमात्र हामी सूचना सार्वजनिक गर्नेछौं ।
्विश्व मौसम संगठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट–आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा २४ घण्टामा वर्षा भएको देखि“दैन ।
हिमताल फुटेको आशंका
विभागअन्तर्गत् बाढी पूर्वानुमान महाशाखाका बाढीविद् बिनोद पराजुलीले चीन वा नेपालको क्षेत्रमा पर्ने कुनै हिमताल एक्कासि फुटेर बाढी गएको हुनसक्ने आशंका गरेका छन् । ॅठूलो वर्षा नहु“दा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुनसक्छ,’ उनले भने–अहिल्यै नै कारण एकिन गर्न त सक्दैनौं तर कारण खोजिरहेका छँैं । थप अध्ययन गरेर हामी दुई–तीन दिनभित्र सत्यतथ्य वितरण सार्वजनिक गर्नेछौं ।
प्रारम्भिक प्रतिवेदन सार्वजनिक
विभागअन्तर्गत् बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोसी बाढीसम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । महाशाखाका अनुसार विहान ३ बजेआसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको देखिन्छ । ॅरसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार विहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ,’ महाशाखाका बाढीविद् पराजुलीले भने–रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेसी स्वचालित जलमापन केन्द्रमा विहान ३ः३० बजे एक्कासि बहाव बढेको देखिन्छ ।
उक्त केन्द्रमा विहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३ः४० बजे ५.३७ मिटर पुगेको र तत्काल केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको देखिन्छ । उक्त केन्द्रका गेजरिडरस“ग विहान ६ बजे आसपास सम्पर्क कायम भएको र निजका अनुसार केन्द्र बगाएको जानकारी प्राप्त भएको छ ।
रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल विभागको नुवाकोटस्थित त्रिशुली बेत्रावती स्वचालित जलमापन केन्द्रमा विहान ५ बजे उक्त बहाव पुगेको प्रतिवेदनमा उल्लेख छ । ॅउक्त केन्द्रमा विहान ५ बजे १.६० मिटर (बहाव करिब २२० घनमिटर प्रतिसेकेन्ड) रहेको जलसतह एक्कासि विहान ५ः१० बजे ३.६३ मिटर पुगेको र उच्चतम् जलसतह विहान ५ः५० बजे ४.१८ मिटर (बहाव करिब एक हजार ६०० घनमिटर प्रतिसेकेन्ड) पुगेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ
प्रारम्भिकरुपमा बाढीको ठूलो प्रभाव भोटेकोसी तथा त्रिशुली नदीको रसुवा जिल्लाको क्षेत्रमा परेको र मध्यम प्रभाव नुवाकोट जिल्लाको त्रिशुली नदीतटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङ जिल्लाको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्ने देखिएकाले तीनवटै जिल्लाका नदीतटीय क्षेत्रमा दिउ“सोसम्मा सतर्कता जरुरी देखिएकाले विहान ६ः३० बजे सरोकारवाला तथा नदीतटीय क्षेत्रका आमसर्वसाधारणलाई एसएमएसमार्फत् सूचना जारी गरिएको थियो ।
बाढीविद् पराजुलीले नुवाकोट जिल्लास्थित त्रिशुली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशुली नदीको तल्लो तटीयआसपासका नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन् ।
विभागले भोटेकोसी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदीतटीय क्षेत्रमा बाढीको असर आ“कलनका लागि विहान ७ बजे एसिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको एक अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एसिया) प्लेटफर्ममा तत्कालको भुउपग्रह तस्बीर प्राप्त गर्न आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ ।
जोखिम कायम
बाढीविद् पराजुलीले विभागले निरन्तर अनुगमन गरिरहेको र हाल बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै भोटेकोसी तथा त्रिशुली नदीतटीय क्षेत्रका आमसर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् । ॅरसुवा जिल्लास्थित भोटेकोसी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशुली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको बेनीघाटसम्म त्रिशुली नदीतटीय क्षेत्रमा अर्को सूचना जारी नहु“दासम्म सतर्कता अपनाइराख्न अनुरोध गर्दछौं,’ उनले भने–यस सम्बन्धमा विभागबाट थप अध्ययन भइरहेकाले निरन्तर अपडेट जारी हु“दै जानेछ ।
२० जना बेपत्ता
रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा विहान आएको बाढीमा नेपाली र चिनिया“ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नांै नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत् तीन प्रहरी र छ चिनिया“ गरी २० जना सम्पर्कविहीन भएको जानकारी दिए ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत् रामेछापको लिखु तामाकोसी गाउ“पालिका–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउ“पालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुंगल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता छन् ।
बाढीमा ६ चिनिया“ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनिया“ नागरिकको विस्तृत पहिचान खुल्न बा“की छ । बाढीमा बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु तथा बागलुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका कन्टेनरचालक फुर्वा लामा, हाइलक्स जिपचालक गोबिन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् ।
बाढीले उत्तरगया गाउ“पालिका–१, मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेसी सडकखण्डअन्तर्गत् त्रिशुली नदीमा रहेको बेलीब्रिज बगाएको छ । उक्त स्थाननजिक भर्खर निर्माण भएको पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ । त्रिशुली थ्रीए जलविद्युत् आयोजनाको बा“धमा पनि क्षति पुगेको छ ।
विद्युत् उत्पादन बन्द
चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले नेपालको रसुवा जिल्लामा रहेको १ सय ११ मेगावाट्को रसुवागढी हाइड्रोपावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । रसुवागढी हाइड्रोपावरमा क्षति पुग्दा यसबाट विद्युत् उत्पादन बन्द भएको छ भने यसको सेयरमूल्य पनि ह्वात्तै घटेको छ ।
मंगलबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये प्रतिशत्का आधारमा सबभन्दा बढी ५.१२ प्रतिशत्ले घटेको रसुवागढी हाइड्रोपावरको सेयरमूल्यमा प्रत्तिकित्ता १८.९१ रुपिया“ले कमी आएको छ । जसअनुसार यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ३ सय ५० रुपिया“ कायम छ । रसुवागढी हाइड्रोपावर चिलिमे जलविद्युत् कम्पनीको सहायका कम्पनी हो । रसुवागढी जलविद्युत् आयोजनाको बा“धको एउटा गेट बाढीले बगाएको छ । जलविद्युत् आयोजनाअन्तर्गत् पुलसमेत बगाएको छ भने आयोजनाको टेलरेसमा पनि गेग्रान थुप्रिएको प्राधिकरणले जनाएको छ ।









