17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाआधा अनुदानमा १९ वटा हाते ट्याक्टर
spot_img

आधा अनुदानमा १९ वटा हाते ट्याक्टर

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको आव २०८१/०८२ को कृषि यन्त्रिकीकरण प्रवद्र्धन कार्यक्रमअन्तर्गत् कृषियन्त्र उपकरण वितरण भएको छ । कृषि उत्पादनमा यान्त्रिकीकरण प्रवद्र्धन गर्दै स्थानीय कृषकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्धेश्यले हेटौंडा उपमहानगरपालिकाले कृषियन्त्र तथा उपकरण वितरण गरेको हो । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार सञ्चालन गरिएको कार्यक्रममा स्थानीय किसान, सहकारी संस्था तथा कृषि समूहलाई आधुनिक कृषियन्त्र हस्तान्तरण गरिएको हो ।

कृषि विकास शाखाका अनुसार आव २०८१/०८२ को कृषि यन्त्रिकीकरण प्रवद्र्धन कार्यक्रमअन्तर्गत् ५० प्रतिशत् अनुदानमा १९ वटा हाते ट्याक्टर, ७१ वटा स्प्रेपम्प, ७९ वटा ज्याब प्लन्टर, १ कम्बाइन मिल, १ पानी तान्ने पम्प र मकै छोडाउने ४१ मेसिन हस्तान्तरण गरिएको थियो ।

- Advertisement - Ad Banner

कार्यक्रम ॅस्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौंडा’ भन्ने नारासहित हेटौंडा उपमहानगरपालिका कार्यालयपरिसरमा आयोजना गरिएको थियो । कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानिया“, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीलगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा लाभग्राही कृषकको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि