हेटौंडा/थाहा नगरपालिका वडा–४, किटेनीस्थित बलराम केसी र बासुदेव केसीको घरमा दिनदहाडै डा“का चोरीको घटना घटेको छ । आइतबार दिउ“सो २ बजे घरमा कोही नभएको मौका छोप्दै मुलढोकाको ताला फोडेर नगद १ लाख ५ हजारसहित मोबाइल, खुकुरीसमेत चोरी भएको हो ।
घटना सम्बन्धमा स्थानीय र छरछिमेकले दिएको जानकारीका आधारमा सन्देह गरिएका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीपछि फरार अवस्थामा रहेका उनीहरुलाई सोही दिन पक्राउ गरिएपछि शरीर तलासीमा चोरीस“ग सम्बन्धित विभिन्न सामग्री फेला परेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला सर्लाही हरिवन नगरपालिका–९ बस्ने ३० वर्षीय सञ्जीव परियार, मकवानपुर थाहा नगरपालिका–२, देउलाटोल बस्ने करिब ३५ वर्षीय कान्छा उर्फ प्रदीप पोडे र ललितपुर गोदावरी नगरपालिका–१३ झरासी बस्ने करिब ३० वर्षीय चमार भनिने बिमल नेपाली छन् ।
प्रहरीले उनीहरुको साथबाट नेपाली नगद ६८ हजार ९ सय ३१, विभिन्न कम्पनीका ५ थान मोबाइल, सिमकार्ड १ थान, सुनको औंठी १ थान, खुकुरी, कटर, चक्कु, एअरपोर्ट, घडी, मूर्ति, बि“ड आदि सामग्री फेला पारेको हो । पीडित बलराम केसी र बासुदेव केसीले इलाका प्रहरी कार्यालय पालुङमा छुट्टाछुट्टै जाहेरी दिएपछि चोरी तथा डा“का सम्बन्धि कसुरमा मुद्धा दर्ता गरिएको छ । पक्राउ परेका तीन जनालाई मकवानपुर जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









