17.8 C
Makwānpur
Homeमुख्य समाचारराणाकालीन हात्तीसार  शिकार, विदेशी महारानी र तराईको सेतु
spot_img

राणाकालीन हात्तीसार  शिकार, विदेशी महारानी र तराईको सेतु

spot_img
हेटौंडा/मकवानपुरको भीमफेदीमा राणाकालीन हात्तीसार संग्रहालय छ । भीमफेदी गाउ“पालिका–६ स्थित राणाकालीन हात्तीसार संग्रहालय ऐतिहासिक महत्व बोकेको स्थल हो । संग्रहालयमा बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउ“दा शिकारका लागि प्रयोग भएका र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरु छन् ।
तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीया र राणा प्रधानमन्त्री जंगबहादुरले शिकार खेलेको इतिहास संग्रहालयमा सुरक्षित छ । बेलायती महारानी एलिजाबेथले प्रयोग गरेका चार वटा शिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पि“जडा हौदासहित हात्तीसार भवनभित्र ४२ वटा हौदा छन् ।
हात्तीसार घरभित्र शिकार खेल्न जा“दा घेर्न प्रयोग हुने सेतो कपडा, हात्तीमाथि चढ्न प्रयोग गरिने धानको भुस, परालसहितका जुटका बोरा, माछा राख्ने एक्युरियम, हात्ती बा“ध्ने गोल खम्बा, घिर्नी, झुलको डण्डी, बेत, खुर्पी, धागो, फलामको खन्ती, डोरीको पेटार, पुरानो काठी, सुसारे हौदा, भारदारी हौदालगायत सामग्री संरक्षित छन् । संग्रहालयबारे जानकारी नभएका कारण अवलोकनकर्ता त्यहा“ कम पुग्ने गरेका छन् । एक सय वर्षअघिदेखिको संग्रहालयको सबडिभिजन वन कार्यालय भीमफेदीले रेखदेख गरिरहेको छ ।
मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीमा रहेको ऐतिहासिक हात्तीसार घरलाई पर्यटकीय महŒवको हात्तीसार संग्रहालयमा रुपान्तरण गरिएको हो । बेवारिस रहेको राणाकालीन हात्तीसार घरलाई बागमती प्रदेश सरकारको अगुवाइ र लगानीमा संरक्षण गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुरमार्फत् आर्थिक वर्ष २०७६/०७७ बाट प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हात्तीसार संग्रहालयलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हात्तीसारको जग्गाको रेखांकन, अतिक्रमण भएको जग्गा खाली गराउने र हात्तीसारमा रहेका सामग्रीको संरक्षण सुरु गरिएको थियो ।
गत आवमा हात्तीसार परिसरमा बगैंचा निर्माणलगायत काम चार लाख रुपिया“ लागतमा र हात्तीसारको मुल गेटदेखि संग्रहालय प्रवेशद्वारसम्म १७ लाख रुपिया“ लागतमा ढुंगा बिच्छ्याउने काम सम्पन्न गरी पर्यटकीयस्थलका लागि न्यूनतम् पूर्वाधार निर्माण र पैदलमार्ग निर्माण गरिएको छ । करिब ३३ रोपनी क्षेत्रफलमा रहेको हात्तीसार संरक्षणका लागि प्रदेश सरकारको १६ लाख रुपिया“ लागतमा पर्खाल निर्माण र चार लाख रुपिया“ लागतमा संग्रहालयको सरसफाइस“गै हौदालगायत सामानको ट्यागिङ गरी संरक्षण गर्ने कार्य सम्पन्न भएको छ ।
राणाकालीन हात्तीसार संग्रहालय श्री ५ महेन्द्र, बडामहारानी, श्री ५ वीरेन्द्र र श्री ५ ज्ञानेन्द्रसम्मले शिकारका सिलसिलामा प्रयोग गरेको ऐतिहासिकस्थल हो । उनीहरु हात्तीमा चढेर चितवनतर्फ शिकार खेल्न जाने गर्थे । संग्रहालय भवनभित्र कुल ४२ वटा हौदा छन् । बाघको शिकारका लागि प्रयोग गरिने सेतो कपडा पनि त्यहा“ सुरक्षित राखिएको छ । संग्रहालयमा शिकार खेल्ने व्यक्तिले हात्तीमा राखेर प्रयोग गर्ने शिकारी हौदा, शिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरु बस्ने सुसारेले प्रयोग गर्ने हौदाहरु छन् ।
पूर्वराजपरिवारका सदस्यहरुले पनि चितवन राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, शुक्लाफा“टा र बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न जाने गरेको जानकारहरु बताउ“छन् । हात्तीसारमात्र नभइ त्यतिबेला तराईबाट काठमाडौं पुग्ने मुख्य बाटोसमेत यही थियो । त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदी तराई जोड्ने सेतुका रुपमा परिचित थियो । राणाकालमा बेलायती राजारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नको निम्ति पनि भीमफेदी नै आउ“थे ।
विगतमा पैदलयात्रुको निम्ति बास बस्न बनाइएका पाटीपौवा र निजी भवनहरु हाल जीर्ण छन् । २०५९ जेठमा तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले आधा दर्जन एक्युरियम राखेर यसलाई थप आकर्षक बनाउने प्रयास गरेका थिए । तर, ती एक्युरियम हाल प्रयोगमा छैनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वामित्वमा रहेको संग्रहालय करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । धेरै ऐतिहासिक महत्व बोकेको भए पनि उचित प्रचारप्रसार अभावले पर्यटक आगमन हुन सकेको छैन ।
हात्तीसार संग्रहालयलाई थप ऐतिहासिक बनाउनका लागि प्रवेशद्वारमा दुईवटा हात्तीका मूर्तिका साथै ऐलिजाबेथ द्वितीया र जंगबहादुर राणाको शालिक राखिने योजना रहेको भीमफेदी गाउ“पालिकाले बताएको छ । पालिका अध्यक्ष हिदम लामाका अनुसार संग्रहालयमा रहेका सामग्रीले नेपालको शाही इतिहास र शिकार स“स्कृतिलाई उजागर गर्छन् । तर, यसलाई व्यवस्थित संरक्षण र प्रचारप्रसारको खा“चो छ । संग्रहालयलाई पर्यटनको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।
अध्यक्ष लामाले अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी संरचनागत् सुधार, सामग्री संरक्षण र प्रचार अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । ॅसयौं वर्ष पुराना सामग्री जतन गर्नसके स्थानीय पर्यटनमात्र होइन, राष्ट्रिय सा“स्कृतिक सम्पदा प्रवद्र्धनमा पनि टेवा पुग्नेछ,’ अध्यक्ष लामाले थपे । संग्रहालयमा रहेका केही दुर्लभ सामग्री र तस्वीरहरु सार्वजनिक गरि“दै छन्, जसले इतिहासप्रेमीका लागि संग्रहालयलाई अझै आकर्षक बनाउने विश्वास लिइएको छ । नेपालको पहिलो हात्तीसार मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा भएको पाइन्छ । हात्ती राख्न भने सर्वप्रथम जंगबहादुर प्रधानमन्त्री भएर राख्ने गरेको हो । जंगबहादुर १९०३ असोज २ गते कम्माण्डर इनचिफ र १९०३ कात्र्तिक १२ गते नेपालका प्रधानमन्त्री भएका थिए ।
१९०४ आषाढ शुक्रपक्ष सुदी पूर्णिमा मंगलबारका दिन तत्कालीन राजा राजेन्द्रलाई वीरगञ्च पश्चिम अलौबाट पि“जरामा थुनेर अपहरण शैलीमा काठमाडौं लगियो । उनलाई थुनेरै राखेपश्चात् जंगबहादुर शक्तिशाली भए । हात्ती जम्मा गरी सुकेको ठूलो रुखको ठुटोमा बा“ध्न लगाए । त्यही ठाउ“को घेराबार गर्न लगाए र त्यही स्थान नेपालको पहिलो हात्तीसार बन्न पुगेको हो ।
तराईमा औलो उन्मुलन नभएसम्म हात्तीसार भीमफेदीमै थियो । पछि राप्तीदुन जग्गा बिक्री वितरण कमिसनबाट फुर्केचौरदेखि पश्चिम माडीसम्म योजना बनेपश्चात् टाढा भयो भनी तराईमा सारिएको थियो । प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा विदेशी पाहुनालाई हात्ती चढाएर तराईमा शिकार खेलाउने गरिएकोले तत्कालीन हात्ती चढ्ने हौदाहरु भीमफेदीमा छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि