राजुराम राउत
नेपालमा न त अचम्मका समाचार सकिन्छ, न त अजब अभियन्ताको फेहरिस्त । दिन प्रतिदिन कोही न कोही, कुनै न कुनै कोणबाट, ‘म अभियन्ता हु’ भन्दै माइक समाउँछन्, सडक घेरिन्छ, सामाजिक सञ्जाल तताइन्छ, अनि जनतालाई एउटा नयाँ शो हेरि–रहेका दर्शकजस्तो बनाइन्छ । साँच्चै भन्ने हो भने, हाम्रो देशले बि.सं. २०४६ सालपछि पाएको सबैभन्दा समृद्ध उपज हो, अभियन्ताँ ।
अभियन्ता भन्नासाथ पहिलेका दिनहरू सम्झनुहोस् । मानिसहरू जनपक्षीय एजेण्डा लिएर संघर्ष गर्थे, जोखिम मोलेरै बोल्थे, अनि समाजमा परिवर्तन ल्याउने काम गर्थे । आजभोलि भने अभियन्ता भनेको रोल हो, जोसुकैले जुनसुकै बेला, जोसुकैको विरोधमा चर्को स्वर लगाउन पाए पुग्छ । शिद्वान्तभन्दा बढी फुर्ती चाहिने, तथ्यभन्दा बढी टिकटक भिडिओ बनाउने कला चाहिने ।
नेपालका अभियन्ताहरू पनि स्तरअनुसार विभाजन गर्न मिल्छ । जसरी बजारमा अण्डाको ॅग्रेड’ हुन्छ, त्यस्तै यहाँ अभियन्ताको पनि वर्गीक–रण गरिएको पाउछौं ।
१ः पार्टीका अभियन्ता :
यी अभियन्ताहरू कुनै विशेष पार्टीको रंग, झण्डा र घोषणापत्रसँग टाँसिएका हुन्छन् । पार्टी बदलिन्छ, अभियन्ता पनि स्वतः ट्रान्सफर हुन्छ । हिजो बोलेको ॅजय गणतन्त्रँ आज घडी फर्किएर ॅसंविधान सच्चाऊँ भनि सक्छ । असल कुरा बोल्दा पनि कुन पार्टीको समर्थक हो भनेर पहिचान गरिनु पर्छ । किनभने वास्तविकता हैन, पहिचान नै यिनको पूँजी हो ।
२ः झुसे अभियन्ताः
यी सामाजिक सञ्जालमा झुसे बनेर देखिन्छन् । स्क्रिन अगाडि हतारहतार बोल्छन् । न लय छ, न त तथ्य । मन पर्यो भने ओलि होस् वा प्रचण्ड, शेरबहादुर हुन कि माधव नेपाल होस् सीधा गाली । मन परेन भने महिला अभियन्ता भए पनि छाडा टिप्पणी । न भाषा शुद्ध, न भावना सन्तुलित । तर, ॅभिउज भने लाखौंँ किनभने ॅझुसेपनाँ नै अहिलेको देशको गम्भीर विमर्श हो ।
३ः पढेका अभियन्ताः
यी अन्तर्राष्ट्रिय रिपोर्ट पढेर बोल्छन्, डाटाको आधारमा सरकारको आलोचना गर्छन्, तर यिनलाई सोधिन्छ, ॅके तपाईं कहिल्यै जनप्रदर्शनमा जानुभयो ?’ किनभने यहाँ पढेर हैन, कराइकराइ अभियन्ता साबित हुनुपर्छ । यी शालिन हुन्छन्, तर जनताको जिब्रोले यिनलाई कमजोर ठान्छन् ।
४ः जागिरे अभियन्ताः
यी एनजीओ, आइएनजीओमार्फत् जागिर खाँदै सामाजिक अभियन्ता बनेका हुन्छन् । दिने रिपोर्ट अर्कै हुन्छ, गर्ने काम अर्कै । मिडियामा ठूलो काम देखिन्छ, तर वास्तविकतामा फाइल, फोटो र फुर्सदीको कुराकानीमै समय बित्छ । सरकारी प्रणाली सुधार लेख्नेहरू आफ्नो तलब आउन ढिलो भयो भने फोर्सफुल मेटिङ बोलाउँछन् ।
५ः हुलहुज्जत अभियन्ताः
यी सडक नाकाबन्दी गर्न माहिर हुन्छन् । सिटामोल नपाए सरकार विरुद्ध चर्को नाराबाजी गर्छन् । सडकको बास, ब्यानरमा आत्मा, अनि सामाजिक सञ्जालमा सालिन फोटो । यी अभियन्ता रातारात हिरो बन्ने आशामा जिन्दगी बिताउँछन् । कहिले त हुलको अगाडि यति चिच्याउँछन् कि बिचरा प्रहरी नै गम्भीर भएर सोच्छन्, ॅअब त माफ गरौं कि ?’
६ः चुल्ठेमुन्द्रे अभियन्ताः
यी अझै पृथक छन् । जटाधारी अनुहार, कालो कोट, कुटिल तर्क अनि यस्तो चर्को आवाज कि माइकको स्पिकर पनि कहिले काहीं काँप्छ । यिनीहरूको विशेषता हो गालीमा कविता छ, भाषणमा विभाजन र अनुहारमा क्रान्तिको रंग । न विचार छ, न समाधान । तर, साह्रो ॅक्यारेक्टरँ छ । सरकारको नाम लिम्दा मुख चिप्लिएर धिक्कारछ, नबोल्दा कुरा पूरा हुन्न ।
७ः महादेवी अभियन्ताः
महिला अभियन्ता भन्नेबित्तिकै अब सामाजिक न्याय, समानता, मानव अधिकारको अपेक्षा गर्नुहोस् । तर कतिपय महादेवी अभियन्ताहरू त सडकमा कालभैरवको मूर्तिमाझ ॅरौ नृत्यँ गर्दै हुन्छ्न् । न थलो पर्छ, न त शब्दको अर्थ खुल्छ । ॅनेपालमा आधा लिटरको पानी पाइँदैन, संविधान सिध्याउनु पर्छँ भन्ने नारामा मन्त्रमुग्ध पार्ने शैली यस्तो हुन्छ कि लाग्छ संविधानलाई नै प्यास लाग्छँ
८ः वास्तविक अभियन्ताः
यी अलिक लजालु हुन्छन् । मिडियामा नदेखिने, तर काम गर्ने मानिस । शीतलहरमा न्यानो कपडा बोकेर बाढीपीडितकहाँ पुग्ने, शैक्षिक सुधारमा गाउँगाउँमा पढाउने वा आन्दोलनको अग्रपंक्तिमा बस्ने मानिस । तर अफसोस, यिनको भिडियो कसैले शेयर गर्दैनन् । किनभने न ओलिलाई गाली गरेका छन्, न नाचेका छन्, न झुण्डिएका छन् संसदको गेटमा । यिनले नेपाली समाजलाई साँचो अर्थमा ढालेका छन् तर चिनिएका छैनन् ।
९ः ओली विरोधी अभियन्ताः
अब आउनुहोस् मूल विषयमा । यी अभियन्ता असलै छन् । ओलिले संसदमा रेलको कुरा गरे, तत्कालै अभियन्ताहरूले बालुवाटारमा रेल आउनुपर्ने माग गर्दै चर्को पोस्ट हाने । देश रेल युगमा गयो रे’ भलै, रेल ट्रयाक मात्रै थिएन, तर भाषणले त देश गयो निँ अब त अभियन्ता– हरूको घण्टी बज्नुपर्यो, ॅओली भ्रष्टँ ओली मुर्दाबाद : ओलीले भाषणसंगै रेल बाँधेर ल्याएका हुन्ँ केपीका बोलाइसंगै यिनका विरोधका रेल पनि गड्गडाउँ छन् ।ॅपानीजहाजँ ‘रेल’ “सुरुङँ ‘हावाबाट बिजुली’ यी चारवटा शब्द सुन्नासाथ सामाजिक सञ्जालका अभियन्ताहरूको मष्तिष्कमा एलर्जी आउँछ । ओलि बिरोधी अभियन्ता, जो ओलीको हरेक परिकल्पनालाई साक्षात् मूर्खता ठान्छन् । पानी जहाजको कुरा गरे भने,
ॅसमुन्द्र नभएको देशमा पानीजहाज ?’, भनेर हाँसो उडाउँछन्, सुरुङ भनेको त तिनका लागि सरकार लुकाउने खाल्डो हो, अनि हावाबाट बिजुली निकाल्ने भन्यो भने,
‘ग्यांस निकालेर देश उडाउनँ भन्ने व्यङ्यबाण छाड्छन् । यिनका लागि प्रधानमन्त्रीको सपना देख्नु नै अपराध हो । यिनीहरू तत्काल चाहन्छन्, आज बोले भने भोली रेल गुड्नैपर्छ, अहिले उद्घाटन गरेपछि पाँच मिनेटमै सुरुङको अन्त्य देखिनुपर्छ, अनि पानीजहाज पनि समुन्द्र नहुँदा नहुँदै सिंहदरबारमै लगेर हाल्न आउनुपर्छ ।
तर यथार्थ के हो भने, देश बनाउने सपना एकदिनमा साकार हुँदैन । रेल बनाउन वर्षौं लाग्छ, सुरुङ खन्ने काम महीनौंसम्म चल्छ र हावाबाट बिजुली निकाल्न वैज्ञानिक आधार र संयन्त्र चाहिन्छ । सपना देख्नु कमजोरी होइन, देश बनाउने संकल्प हो । तरm ‘सपना नदेखेस्’, भनेर कराउनेहरू चाहिँ यस्तो वर्ग हो, जसले रेलभन्दा पहिले आलोचना गुडाउँछ, अनि बिजुलीभन्दा पहिले फेसबुक स्टाटस चम्काउँछ ।
ओलिले ॅदेश रेल युगमा प्रवेश गरिसकेको छँ भनेको के साँच्चै झुटो थियो ? अहिले देशभर रेलमार्गका डिपिआरहरू सम्पन्न भइसकेका छन्, भारतसँग सम्झौता भएर लिंक निर्माण गर्न बागमती खोलो अगाडि बढेको छ । सुरुङ मार्गका ब्रेकथ्रु भइरहेका छन्, ढल्केबर–इनरुवा ग्रिड बनिसकेको छ, हावाबाट ऊर्जा निकाल्ने परियोजनाहरूबाट बिजुली उत्पादन भैसकेका छन् त केही अध्ययनकै चरणमा भए पनि चलिरहेका छन् । तर, यी सब अभियानलाई लात हानेर बस्नेवर्ग भनेको सामाजिक सञ्जालका सेलिब्रिटी अभियन्ता हुन् । जसको हरेक स्टाटसमा ॅप्रधानमन्त्री मुर्दाबादँ लेखिनुपर्छ, नत्र प्रतिक्रिया आउँदैन ।
ओलिको बिरोध त गर्नुहोस्, तर सपनाको बिरोध किन गर्नुहुन्छ ? के तपाईंलाई देश नबनेको राम्रो लाग्छ ? के रेल चल्यो भने तपाईंको फेसबुक दर्शन अलपत्र पर्छ ? वास्तवमा कुरा यति हो, हाम्रा अभियन्ताहरू आलोचना गर्ने अधिकारमा त बडो गर्व गर्छन् । तर, योगदान दिने जिम्मेवारीबाट भने फरार छन् । यिनीहरूले काम होइन, क्याम्पेन गर्ने, सपना देखाउने ? नेतालाई दोष लगाउनु सजिलो छ, तर एउटै प्रश्न गर्नुहोस्, ।
‘हामीले के गुमायौं :
‘कि हामीलाई गुमाउने बाटो देखाउँदैछन् ? यी सब अभियन्ताहरूको साझा विशेषता के हो भने, उनीहरू जनप्रतिनिधिलाई प्रतिनिधित्व होइन, दासत्वमा हेर्छन् । ॅहामीले चुनेका हौं, हामीले हालेको भोट हो, अब २४ घण्टा हाम्रा लागि चाकडी गर्नु पर्छ ।” स्वास तान्दा पनि सेवा गरून्, सुत्दा पनि प्रतिवेदन लेखून् । नत्र भने ॅहामी आन्दोलन गर्छौंँ जनप्रतिनिधि भनेका जनसेवक हुन्, तर सेवा गर्दागर्दै सेवकले थकाइ मान्दा अभियन्ताको चप्पल उड्न थाल्छ । उनीहरू स्वास फेर्न खोज्दा ॅमुर्दाबादँ को स्वर चर्किन्छ र त्यो स्वरमा यति आत्मविश्वास हुन्छ कि स्वयं सरकार पनि आत्तिन थाल्छ । वास्तवमा भन्नुपर्दा, अभियन्ता हुनु कुनै खराब कुरा होइन । तर, अभियन्ता हुनु भनेको विषयको गहिराइ बुझ्ने, समाधान खोज्ने, आवाज उठाउने जिम्मेवारी हो । गाली, ट्रेन्डिङ र नक्कली शो अप मात्र होइन ।
हाम्रा देशका धेरै अभियन्ताहरू आज पनि गाउँमा, अदालतमा, बाढीपीडितकहा’, विद्यालयमा, बालगृहमा खटिइरहेका छन् । उनीहरू प्रचारमुखी छैनन्, परिवर्तनमुखी छन् । त्यस्ता अभियन्ता नै देशले खोजेको हो । अझ बाँकीहरू चाहिँ. ‘अजब देशका गजब अभियन्ता’ हुन् ।