24.1 C
Makwānpur
Homeमुख्य समाचारसडक दुर्घटनाको मुख्य कारण चालकको ‘हतार’
spot_img

सडक दुर्घटनाको मुख्य कारण चालकको ‘हतार’

spot_img

माधब न्यौपाने
हेटौंडा/बिगत १० वर्षको तथ्यांक हेर्दा नेपालमा हरेक दिन सात जनाले दुर्घटनामा ज्यान गुमाउँदै आएका छन् । यही समस्याको मुख्य कारण तत्वमा ॅचालकको हतारँ नै मुख्य रहेको हेटौंडामा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द लामिछानेले पछिल्ला दिनहरुमा सडक दुर्घटना न्यूनीकरणको साटो झन् बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै चालकलाई मन्दगतिमा सवारी हाँक्न अनुरोध गरेका छन् । मन्त्री लामिछानेले दुर्घटनामा परिवारका सदस्य गुमाएकाहरुले सडक दुर्घटनाले आर्थिक र मानसिकरुपमा गहिरो क्षति पुगेको स्मरण गराउँदै दुर्घटना न्यूनीकरणका लागि चालक नै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

- Advertisement - Ad Banner

अधिक सडक दुर्घटनाका कारण कुनै परिवार र राज्यलाई समेत व्यापक घाटा पुग्ने सरकारी निकायले नै गरेका कतिपय अध्ययनबाट निष्कर्ष निकालिएकाले यातायात व्यवसायी र चालकले पूर्णरुपमा ट्राफिक नियमपालना गरे दुर्घटना कम हुने ठोकुवा गरे । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको ‘सडक दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायको भूमिकाँ विषयक अन्तत्र्रिmयामा मन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

नारायणी यातायात व्यवसायी संघ पूर्वअध्यक्ष बद्री चौलागाईंले यातायात व्यवसायीले दुर्घटना जोखिमका क्षेत्रहरु पहिचान गरेर सरोकारवाला निकायमा जानकारी गराउँदा पनि राज्यले बेवास्ता गरेकाले दुर्घटना न्यूनीकरणमा बाधा पुगेको बताए । उनले नेपालका सडकको दुरावस्था, भारतीय ट्रकले ओभरलोड लिएर हिँड्दा नेपालका सडकहरु खाल्टाखुल्टी परेकाले दुर्घटना बढेको दाबी गरे । पूर्वअध्यक्ष चौलगाईंले सडक दुर्घटना भएको लामो समयसम्म पनि उछार टोलीले काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले यातायात क्षेत्र नेपाल सरकारका ७ वटा मन्त्रालयसँग अन्तर्निहित भएकाले सबै मन्त्रालयहरु जिम्मेवार नबन्दा समस्या भएको बताए ।

नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर प्रमुख नरेशराज सुबेदीले हरेक सडक दुर्घटनाको मुख्य कारणमा चालकले मापसे/लापसे गरेको, तीव्रगतिमा सवारी हाँकेको, समयमा सवारीसाधन चेकजाँच नगरेको, पुराना सवारीसाधन, ओभरलोड बोकेका कारण सवारी दुर्घटना बढेको बताए । यी समस्यामा सडकको अवस्थाले पनि साथ दिएको उनको भनाइ थियो ।

प्रदेश प्रहरी प्रमुख अरुण पौडेलले अन्यत्रको अवस्थाभन्दा बागमती प्रदेशको अवस्था केही राम्रो भए पनि चालकले जिम्मेवार बनेर सवारी हाँके ज्यान र जरिवानाबाट बच्न सकिने सुझाव दिए । उनले हरेक चालकले जिम्मेवार भएर र पूर्णरुपमा ट्राफिक नियमपालना गरे दुर्घटना पक्कै घट्ने दाबी गरे । प्रदेश प्रहरीले हालका बालक पछिका कुनै किसिमका सवारीचालक हुने भएकाले विद्यालयमा ट्राफिक नियमबारे सचेत गराउने काम भइरहेको बताए ।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निजी क्षेत्रले सरकारलाई दोष दिने र सरकारले निजी क्षेत्रलाई औंल्याउने काम बन्द गरेर सबै पक्ष जिम्मेवार बनेर अकालमा कुनै नागरिकको ज्यान जाने अवस्था रोकिनुपर्नेमा जोड दिइन् । मकवानपुर जिल्लाका कुनै पनि स्थानमा बाढीपहिरो आएर सडक जाम भए वा पहिरो पन्छाउन २० मिनेट दुरीमा हेभी इक्युपमेण्ट व्यवस्था गरिएको उनले जानकारी गराइन् । प्रजिअ श्रेष्ठले ७० प्रतिशत् दुर्घटनाको कारण पुराना र समयमा मेन्टिनेन्स नगरेका सवारीसाधन भएकाले व्यवसायीले हरेक सवारीसाधनको ६/६ महिनामा सर्भिसिङ गर्न सुझाव दिँदै आफ्‌ना सवारीको समयमै मर्मतसम्भार गर्ने दायित्व व्यवसायीकै भएकाले चालक नै मुख्य जिम्मेवार भएको उनले बताइन् ।

प्रजिअ श्रेष्ठले सिस्नेरीदेखि भीमफेदीसम्मको टाइमकार्डलाई चालकले दुरुपयोग गरेकाले दुर्घटनाबाट बच्न चालक नै मुख्य जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै हरेक चालकले पूर्णरुपमा ट्राफिक नियमपालना गरे दुर्घटना न्यूनीकरण हुने दाबी गरिन् । सडक दुर्घटनाको प्रमुख कारणमा सडकको अवस्था, सवारीो अवस्था र चालकको अवस्था प्रमुख हुने उनले बताइन् । अन्य कारणमा बाटो काट्ने बटुवा, जनावर र सवारीमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको उनको भनाइ थियो । उनले सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्र लागेर नहुने भन्दै यसमा सरकार, निजी क्षेत्र तथा आमजनताको साथ र सहयोग आवश्यक रहेको बताइन् । कार्यक्रममा यातायात व्यवसायी, चालक/सहचालकलगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि