24.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाउपमहानगरको ‘न्यायिक दर्पणँ बिमोचित
spot_img

उपमहानगरको ‘न्यायिक दर्पणँ बिमोचित

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले प्रकाशन गरेको न्यायिक दर्पण विमोचन गरिएको छ । उपमहानगरको न्यायिक गतिविधि समेटेर प्रकाशन गरिएको न्यायिक दर्पणको बुधबार उपप्रमुख तथा न्यायिक समिति संयोजक राजेश बानियाँले बिमोचन गरेका हुन् । उपमहानगरपालिकाको न्यायिक समितिको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत् मेलमिलापकर्ताहरुको वार्षिक समीक्षामा दर्पण बिमोचन गरिएको हो ।

दर्पण बिमोचनसँगै उपप्रमुख बानियाँले न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनमा मेलमिलापकर्ताहरुको भूमिका प्रशंसनीय रहेको र आगामी दिनमा थप उच्च मनोबल राखेर काम गर्न निर्देशन दिए । कार्यक्रमा न्यायिक समितिमातहत सबै केन्द्रहरुको कार्यसम्पादनको प्रगति अवस्था प्रस्तुति एवम् थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरुलाई सुरक्षित वैदेशिक रोजगारीमा मेलमिलापकर्ताको भूमिकाका विषयमा अभिमुखीकरण गरिएको थियो ।

- Advertisement - Ad Banner

न्यायिक समिति सदस्य ज्ञानबहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमहानगर प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, समिति सदस्य सन्तुमाया पाख्रिन, उपमहानगर सामाजिक विकास महाशाखा प्रमुख डा.भीमप्रसाद तिमल्सिना, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल, शाखा प्रमुखहरु लक्ष्मण मैनाली, गंगाकुमारी चौलागाईंलगायत कर्मचारी, साहित्यिक तथा धार्मिक व्यक्तित्व ह्यग्रीव आचार्य, उपमहानगरका ११ वटै मेलमिलाप केन्द्रका संयोजक र सूचीकृत मेलमिलापकर्ताहरुको उपस्थिति थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम, समिति सदस्य पाख्रिन, महाशाखा प्रमुख डा. तिमल्सिना, साहित्यकार आचार्यलगायतले मन्तव्य तथा सुझाव राखेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि