24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजिल्ला प्रशासनपरिसर ‘अनुमतिबिना फोटो र भिडियो खिच्न मनाही छँ
spot_img

जिल्ला प्रशासनपरिसर ‘अनुमतिबिना फोटो र भिडियो खिच्न मनाही छँ

spot_img

हेटौंडा/मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालयपरिसर र आफ्‌नो कार्यकक्षमा फोटो र भिडियो खिच्न रोक लगाएकी छन् । यो बन्देज पत्रकारलाईसमेत भएको उनले पत्रकारहरुबीच स्पष्ट पारेकी छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर
अनुमतिबिना फोटो र भिडियो खिच्न मनाही छ,’ लेखिएको सूचना टाँसिएको छ । पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई मकवानपुरकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अनुमतिबिना प्रशासनका गतिविधि खिच्न रोक लगाइएको जवाफ दिएकी छन् । ‘यहा’ धेरै किसिमका मानिसहरु आउँछन् । जेजस्तो पनि बोलिरहेका हुन्छन्, सबै विषयको भिडियो बनाउँदा उनीहरुलाई नै अप्ठेरो हुनसक्छ । त्यसैले मैले नोटिस नै टाँसेर यस विषयमा अनुमति लिनुपर्ने भनेकी छु,’ प्रजिअ श्रेष्ठले भनिन् ।

- Advertisement - Ad Banner

्उनले फोटो र भिडियो खिच्ने विषयलाई संसद्सँग तुलना गरेकी छन् । ‘संसद्मा त सबै भिडियो खिच्न पाइन्छ, यहाँ किन नपाइनेँ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भनिन्‌–यस कार्यालय संसद्जस्तो पनि होइन, त्यहाँ त जिम्मेवार सांसद्हरु हुन्छन् । यहाँ जोजस्तो पनि मान्छे आएर जेजस्तो पनि बोलिरहेका हुन्छन् । सबै कुरा खिचेर सार्वजनिक गर्दा भोलि बोल्ने मानिसलाई नै अप्ठेरो हुन्छ । त्यसैले भिडियो खिच्न अनुमति लिनुपर्ने बनाएकी हुँ ।

असार ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रजिअ श्रेष्ठले भिडियो खिच्न रोक लगाएकी थिइन् । उक्त विषयमा पत्रकार महासंघको जिल्लादेखि केन्द्रीय समितिसमेतले विज्ञप्तिमार्फत् फोटो र भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रता हनन् भएको भन्दै विरोध जनाएका थिए ।

महासंघ मकवानपुरको असार १२ गते बसेको बैठकले प्रशासनमा फोटो र भिडियो खिच्न रोक लगाएको विषयमा खेद व्यक्त गर्ने निर्णय गरेको थियो । उक्त विषयमा भत्र्सना गर्दै आगामी दिनमा यस्तो गतिविधि नदोहोर्‍याउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने कार्यक्रमअन्तर्गत् महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीसहित टोली बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको थियो । प्रजिअ श्रेष्ठले पत्रकारमाथि फोटो र भिडियो खिच्न बन्देज लगाइएको विषय जायज भएको भन्ने आशयले मन्तव्य दिइ पत्रकारलाई थप बोल्न नदिइ कार्यक्रम टुङ्ग्याइएपछि महासंघ टोली निस्किएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयपरिसर र प्रजिअ कार्यकक्षमै फोटो र भिडियो खिच्न रोक लगाएको विषयमा नेपाल पत्रकार महासंघ महासचिव रामप्रसाद दाहालले आश्चर्य व्यक्त गरेका छन् । ॅअनुमति लिनुपर्ने एरिया कानुनले निर्धारण गर्छ नि, त्यो उहाँहरुले तोक्ने कुरा हैन । कुन सीडीओ अफिसमा यस्तो व्यवस्था छ, प्रधानमन्त्री कार्यालयमा त यो बन्देज छैन,’ दाहालले भने–सीडीओले कुन कानुनअनुसार यो गर्नुभएको हो, त्यसको जवाफ दिनुपर्छ, पत्रकारलाई समाचार संकलनमै बाधा हुने गरी यस्तो गर्नु गलत हो ।

फोटो र भिडियो खिच्न अनुमति लिनुपर्ने कार्यालयको गेटमै टाँसिएको विषयमा ध्यानाकर्षण गराउँदा प्रजिअ श्रेष्ठले त्यसलाई हटाउने प्रतिवद्धता जनाइन् । ‘कार्यकक्षमा चाहीं अलाउ गर्दैनौं, बाहिर मिटिङ हलमा अलाउ गरौंला, बाहिर कतैकहीं त्यस्तो टाँसिएको भए निकालौंला,ं उनले भनिन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि