हेटौंडा/टोलविकास संस्था हेटौंडा नगर समन्वय समितिले आगामी दिनमा टोलविकास संस्थाको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने र सामाजिक कार्यमा सहयोग पुर्याउने अपेक्षासहित संस्थापक अध्यक्ष रमेशरत्न स्थापितको स्मृतिमा १ लाखको अक्षयकोष घोषणा गरेको छ । संस्था स्थापनाको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा टोविस नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीले उक्त घोषणा गरेका हुन् ।
२०५६ असार १४ गते नेपालमा पहिलो पटक हेटौंडाबाट सुरु गरिएको टोलविकास अभियानले २५ वर्ष यात्रा पूरा गरेको जानकारी गराउँदै उनले समाज रुपान्तरणको आधार, सहकार्य र समर्पणको प्रतीक टोलविकास संस्थाको अभियानलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । सफा, हरित, सुरक्षित र समुन्नत नगर बनाउने अभियानमा टोलहरुको निरन्तर सक्रियता रहेको जानकारी गराउँदै उनले रजत वर्षको सन्दर्भमा अग्रज टोलविकासकर्मी, टोलविकास संस्था, व्यक्तित्व र समस्त सहभागी टोलविकास अभियन्तालाई बधाई तथा शुभकामना व्यक्त गरे ।
टोलविकास संस्था नगर समन्वय समिति संस्थापक अध्यक्ष स्थापितको स्मृतिमा स्थापना गरिएको रमेशरत्न स्मृति सम्मान २०८२ यस वर्ष चन्द्रशेखर ढुंगाना (हेटौंडा–२) लाई प्रदान गरिएको छ । सामाजिक नेतृत्व, महिला सशक्तीकरण, सरसफाइ, सहकार्य र समुदाय विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने टोलविकास संस्था नगर समन्वय समिति संस्थापक हेटौंडा–१ का उत्तमप्रसाद पौडेल र बेगम बराल, हेटौंडा–२ की सानु श्रेष्ठ, हेटौंडा–४ की तीर्थदेवी सिलवाल र लक्ष्मी पुलामी, हेटौंडा–५ का ज्ञानबहादुर थापा र उमा राई, हेटौंडा–६ का श्यामप्रसाद भट्टराई, हेटौंडा–७ का राजु वाइबा, हेटौंडा–८ का हरिकृष्ण श्रेष्ठ, हेटौंडा–९ का मुकुन्दप्रसाद अधिकारी, हेटौंडा–१० की शान्ता गजुरेल र हेटौंडा–११ का पूर्णभक्त लामालाई रजत जयन्ती विशेष सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा वडा–१ बाट चेतनशील टोलविकास संस्था, वडा–२ बाट सिद्धार्थ टोलविकास संस्था, वडा–३ बाट बसाहा महादेव टोलविकास संस्था, वडा–४ बाट वुद्ध टोलविकास संस्था, वडा–५ बाट ज्ञानदीप टोलविकास संस्था, वडा–६ बाट गुप्तेश्वरी टोलविकास संस्था, वडा–७ बाट किरणचोक टोलविकास संस्था, वडा–८ बाट कालिकामाई टोलविकास संस्था, वडा–९ बाट प्रगति टोलविकास संस्था, वडा–१० बाट नमुना टोलविकास संस्था, वडा–११ बाट कृष्णमन्दिर टोलविकास संस्था, वडा–१२ बाट सुनौलो टोलविकास संस्था पुरस्कृत भए ।
वडा–१३ बाट पद्यविनायक टोलविकास संस्था, वडा–१४ बाट कालीदेवी टोलविकास संस्था, वडा–१५ बाट सानोसुकौली टोलविकास संस्था, वडा–१६ बाट पूर्वेलीदमार टोलविकास संस्था, वडा–१७ बाट डिपुचौर टोलविकास संस्था, वडा–१८ बाट भुटनदेवी टोलविकास संस्था र वडा–१९ बाट तपोवन टोलविकास संस्थालाई सामाजिक सहभागिता, वातावरणीय सचेतना, आर्थिक सक्रियता, महिला तथा युवा सशक्तीकरण जस्ता मापदण्डका आधारमा उत्कृष्ट घोषणा गर्दै प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरिएको थियो । समारोहकै अवसरमा टोलविकास अभियानका विविध जानकारी, कार्यविधि, लेख, अनुभव तथा विधान समेटिएको टोलविकास स्मारिका विमोचन गरिएको थियो ।
कार्यक्रममा उपमहानगर प्रमुख मीना लामाले सशक्त टोल संस्था भनेको समुन्नत नगरको आधार रहेको भन्दै टोलस्तरमा भएको सहभागिता, सचेतना र सेवाभावले समावेशी र सक्षम स्थानीय शासन सम्भव बनाउने बताइन् । समारोहले टोलस्तरीय सामाजिक उत्तरदायित्व, सहभागिता, वातावरणीय सचेतना र समुदाय नेतृत्वलाई प्रोत्साहित गर्ने उद्धेश्य राखेको थियो ।
टोलविकास संस्था नगर समन्वय समिति हेटौंडाले कार्यक्रम आयोजना गरेको हो । आयोजित कार्यक्रममा नगर समन्वय समिति अध्यक्ष अधिकारीको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगर प्रमुख लामा थिइन् । नगरभरिका टोलको प्रतिनिधित्वसहित सम्पन्न कार्यक्रमले संस्थाको २५ वर्षे योगदानको समीक्षा गर्दै सम्मान, समर्पण र सहकार्यको भावनालाई अझ सशक्त बनाएको नगर समन्वय समिति महासचिव शिवहरि दाहालले बताए ।
कार्यक्रममा वडा–४ का अध्यक्ष नवीन सिग्देल र वडा–११ की अध्यक्ष जुना दाहालको विशेष आतिथ्य थियो । कार्यक्रममा न्यायिक समिति सदस्य तथा सल्लाहकार ज्ञानबहादुर थापा, सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिना, संस्था सल्लाहकारडा. बलराम भट्ट, प्रताप बिष्ट, राजु अधिकारी, महाशाखा प्रमुख जगन्नाथ सापकोटा, मानवसेवा आश्रम अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थिति थियो ।