22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकविता प्रतियोगितामा आकांक्षा प्रथम
spot_img

कविता प्रतियोगितामा आकांक्षा प्रथम

spot_img
हेटौंडा/मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा आयोजित ७४ औं मदन जयन्तीको अवसरमा सञ्चालन गरिएको तीन दिवसीय कार्यक्रमअन्तर्गत् दोस्रो दिनको प्रमुख आकर्षणका रुपमा कविता प्रतियोगिता भएको छ । असार १२ गते सुरु भएको कार्यक्रमअन्तर्गत् कविता प्रतियोगिताका लागि २३ विद्यार्थीले कविता पठाएका थिए । तीमध्ये १४ जना प्रतिभाशाली विद्यार्थी सर्टलिस्टमा परेका थिए ।
कविता प्रतियोगितामा जीएस निकेतनकी आकांक्षा निरौला प्रथम, व्रह्‌मदिक एकेडेमीकी किस्मा लडौरी द्वितीय र नवोदयकी अनुषा उप्रेती तृतीय भए । विजेतालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सम्पन्न कार्यक्रम मदन भण्डारी फाउन्डेसन मकवानपुर अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले स्व. मदन भण्डारीको विचार, दुरदृष्टि र सामाजिक न्यायमा आधारित नीतिहरुलाई आजका पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्राडा शंकरप्रसाद उपाध्याय, जिल्ला समन्वय समिति पूर्वउपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका वडा–११ की अध्यक्ष जुना दाहाल, जिल्ला आयुर्वेद अस्पताल अध्यक्ष अर्जुन ढकाल, बुद्धिजीवी घनश्याम घिमिरे, सहशिक्षा प्रमुख मनोज पोखरेल तथा साहित्यकार दीपक गौतम, विशाल अधिकारी, देवी बर्तौला, दलित अभियन्ता सानोभाइ बिश्वकर्माको उपस्थिति थियो ।
कार्यक्रममा फाउन्डेसन उपाध्यक्ष धर्म बस्नेत, कोषाध्यक्ष गोकर्ण तिवारी तथा सदस्य किताबसिंह लामा, खेमराज जर्गा, किरण लामिछाने, निर्मला ब्लोन, सम्झना सुबेदीलगायत जिल्लाका विभिन्न विद्यालयका शिक्षकको सहभागिता थियो । कार्यक्रमले विद्यार्थीमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै भण्डारीका विचारलाई युवा पुस्तासम्म पुर्‍याउने भूमिका खेलेको सहभागी बताउँछन् । असार १४ गते तीन दिवसीय कार्यक्रमको अन्तिम दिन सहिद स्मारकमा विहान ७ बजे मदन भण्डारीको शालिकमा माल्यार्पण कार्यक्रम रहेको फाउन्डेसन सचिव कुमार केसीले जानकारी दिए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि