24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारोजगारीका क्षेत्र पहिचान गर्न नसक्दा युवाहरु विदेश
spot_img

रोजगारीका क्षेत्र पहिचान गर्न नसक्दा युवाहरु विदेश

spot_img
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारीका क्षेत्र पहिचान गर्न नसक्दा युवाहरु विदेश पलायन भएको बताएका छन् । बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सिप महोत्सव समापन समारोहमा मुख्यमन्त्री लामाले रोजगार मिल्ने ठाउँ थाहा नपाउँदा युवाहरु भौंतारिएर विदेश पलायन हुँदै गएको बताए । उद्योगधन्दाबिना रोजगारी सिर्जना हुन नसक्ने उनको भनाइ छ । मुख्यमन्त्री लामाले उद्योगधन्दा फस्टाउन नसके रोजगारीको वातावरण पनि बन्न नसक्ने बताए ।
सरकारी क्षेत्र रोजगारप्रदायक क्षेत्र नभएको बताउँदै सरकारी कामलाई सेवाका रुपमा हेर्नुपर्ने उनको धारणा थियो । कलकारखानाबाट रोजगारी प्राप्त हुने भएकाले उद्योगी र उद्योग संरक्षणका लागि सरकारले पनि खुकुलो नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री लामाले उद्योग क्षेत्रको विकासका लागि सरकार, कर्मचारी नागरिक, राजनीतिक दल सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए । उद्योगलाई अपनत्व नलिएसम्म फस्टाउन नसक्ने जिकिर गर्दै सरकारले लगानीकर्ता आकर्षित गर्न सक्नुपर्ने उनको भनाइ छ ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले सिपलाई उद्योगमा रुपान्तरण गर्न र उद्यमशीलतालाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले उद्योग दर्तामा ७५ प्रतिशत् छुट दिएको बताइन् । मन्त्री तामाङले आगामी आर्थिक वर्षमा नमूनाका रुपमा दुई जिल्लाका उद्यमीलाई विद्युत् महसुलमा छुट दिइने बताइन् । मदन भण्डारी राजमार्गलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न रकम अभावले नसकिएको बताउँदै उनले यस क्षेत्रको बजार विकास प्रवद्र्धन कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताइन् । मन्त्री तामाङले स्वदेशमै उत्पादन भएका वस्तु अनिवार्य प्रयोगको नीति लिइएको बताइन् ।
महोत्सवमा मकवानपुर, चितवन, काठमाडौं, काभ्रेपलाञ्चोक जिल्लाका १८ वटा अप्रेन्टिसिप कार्यक्रम सञ्चालन भएका शिक्षालयमध्ये सूचनाप्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन अध्यापन हुने ९ वटा शिक्षालय सहभागी थिए । जसमा सूचनाप्रविधितर्फ बुढानिलकण्ठ माविका विकास भण्डारी, अटोमोबाइल इञ्जिनियरिङतर्फ पनौती बहुप्राविधिक शिक्षालयका धनबहादुर तामाङ र होटल व्यवस्थापनतर्फ विपिका थापामगर प्रथम भएका थिए । प्रथम हुने तीन जनालाई प्रशंसापत्रसहित जनही १० हजार प्रदान गरिएको थियो ।
इन्स्योर परियोजना (हेल्भेटास नेपाल) को प्राविधिक सहयोगमा आयोजना भएको कार्यक्रममा होटल एसोसिएसन नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीईभीटी) लगायत संस्थाको  सहयोग थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि