21.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा१० वटै स्थानीय तहमा विपद् प्रतिकार्य टोली
spot_img

१० वटै स्थानीय तहमा विपद् प्रतिकार्य टोली

spot_img

हेटौंडा/नेकपा (एमाले) मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिन विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको छ । एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयम्‌सेवक विभाग र वन तथा वातावरण विभागको पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वयम्‌सेवक दस्ता) बनाउने निर्णय गरेको हो ।

विपद् विभाग प्रमुख शिवहरि दाहालको सभाध्यक्षता तथा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता, पार्टी जिल्ला सचिव सीता बिष्ट, जनसंगठन समन्वय संयन्त्र जिल्ला सहसंयोजक मिलन पाठक, पार्टी जिल्ला सदस्य आकाश अधिकारी, दिलमाया घर्तीलगायतको आतिथ्यतामा बसेको बैठकले ५० जनाको जिल्लास्तरको द्रुत टोली बनाउने निर्णय गरेको हो । बैठकले जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरको विपद् प्रतिकार्य टोली बनाउने योजना बनाएको छ ।

- Advertisement - Ad Banner

विभाग प्रमुख दाहालका अनुसार जिल्लास्तर र गाउँगाउँमा निर्माण गरिने प्रतिकार्य टोलीले विपद्को पूर्वानुमान गरेर पूर्वतयारी वा विपद्ले समस्या बनाएका स्थानमा पुगेर नागरिकको जीवनरक्षा र भौतिक संरचना सुरक्षाको दृष्टिले काम गर्नेछ । विपद् प्रतिकार्य टोली निर्माणका लागि विभागले विपद् प्रतिकार्यसम्बन्धि तालिम गर्दैछ ।

‘हरेक पालिकामा एमालेले विपद् प्रतिकार्य टोली बनाउनेछ । जिल्लाको टोली भन्दा गाउँको टोली प्रभावित क्षेत्रमा तत्काल पुग्ने भएकाले गाउँगाउँमै विपद् प्रतिकार्यको लागि समूह तयार बनाउन लागिएको हो,’ विभाग प्रमुख दाहालले भने–एमाले मकवानपुर नागरिकको सुरक्षामा संवेदनशील भएर अघि बढेको छ । पार्टीको वन तथा वातावरण विभागले डँढेलो नियन्त्रण, अग्निरेखा निर्माणसम्बन्धि सचेतना अभिवृद्धिका लागि समुदायस्तरमा तालिम दिने भएको छ । विभागले सामुदायिक वन, टोलविकास संस्था, विद्यालय, गैरसरकारी क्षेत्र, सरकारी निकाय र स्थानीयस्तरमा युवा क्लबहरुलाई सचेतनामूलक तालिम प्रदान गर्ने विभाग प्रमुख पञ्चमाया स्यांतानले बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि